नवराज बेल्वासे
त्रिभुवन विश्वविद्यालयका अन्तर्गतका क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । कुनै ठाउँमा केहि विद्यार्थी संगठनहरु निविरोध निर्वाचित भए भने कुनै ठाउँ विवादका कारण चुनाब नै स्थगित हुने भएको छ ।
यसै बिच कपिलवस्तु स्थित वाणगंगा नगरपालिका ८ मा रहेको वाणगंगा बहुमुखी क्याम्पस लौगाईको चुनाब स्थगित भएको छ । क्याम्पसको एक विज्ञप्ती निकाल्दै चुनाब स्थगीत भएको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ केहि विद्यार्थी संगठनहरुको असझदारी बढेको हुदाँ र शान्तिपुर्ण रुपमा निर्वाचन गर्न सक्ने वातावरण नबनेको भन्दै अर्को सुचना जारी नभए सम्मका लागि चुनाब स्थगित गरिएको जनाइएको छ ।
क्याम्पसमा अनेरास्ववियु र ने.वि.संघ सहितको गठबन्धन बिच विवाद परेको थियो । विवाद समाधानका लागि विभिन्न प्रयास भए पनि सामधानको उपाय नआएका कारण चुनाब स्थगित गरीएको जनाइएको छ ।
क्याम्पसमा नियम विपरित गरिएको उम्मेदवारी रद गर्न ने.वि.संघले माग राखेको छ । क्याम्पसको निर्वाचन समितिले भने उम्मेदवारी नियमपुर्वक भएको साझाकुरालाई बताएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।