आज कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार हुँदै

3.2kViews
0 Shares

सागर बेल्बासे/कपिलवस्तु

यथास्थितिवादी राजनैतिक दलहरुको क्रियाकलाप बाट दिक्क बनेका जनताको लोकप्रिय मतले पछिल्लो आम निर्वाचन बाट नेपाली प्रजातान्त्रिक इतिहासमा सबैभन्दा छोटो समयमा देश को चौथो दल स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी ले कपिलवस्तुको बाणगङ्गा मा पनि संगठन बिस्तार गर्ने भएको छ।

आज बिहान ठिक १०ः३० बजे बाणगङ्गा वार्ड नम्बर २ को हिलवर्ट बोर्डिङ स्कुलमा २ नम्बर वडा कमिटी सहित सम्भवत नगर सहित अधिकांश वडा कमिटी गठन हुने रा स्व पा कपिलवस्तु जिल्ला संयोजक शिव कुमार सुबेदिले जनाउनु भएको छ।समग्र जिल्ला मै हालसम्मका दलिय क्रियाकलाप बाट बितृष्णा जागेका विभिन्न दलमा आवद्द सक्रिय कार्यकता तथा निस्वार्थ जनताहरुको आशाको खम्बा रा स्व पा (घण्टी) रहेको स्वतस्फूर्त सम्पर्कमा आएका जनताको जनलहरले देखाएको संयोजक सुबेदिले जनाउनु भएको छ।

निस्वार्थ भाबले जोडिन चाहाने सबै आम जनतालाइ घण्टी साथी बनेर आआफ्ना गाउँ,टोल ,वडा , पालिका,जिल्ला स्तरमा नेपालवाद र संबिधानवाद को महाअभियान मा जोडिएर अब नयाँ पुस्ताबाट देश र जनतालाइ प्रत्यक्ष परिणाम मुखी समृद्धि ल्याउन रा स्व पा लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल ले आग्रह गर्नुभएको छ।पार्टी का हरेक उदेश्य र कार्यनीतिहरु अत्यन्तै बैज्ञानिक ढङ्गबाट प्रतिपादन गरिएकोले यो अभियान मा जोडिन ढिला गर्नेहरु पछुताउनै पर्ने जनाउनुभएको छ।

रा स्व पा साथि मा जोडिने र आन्तरिक तथा आम निर्वाचन मा भाग लिने प्राबधान हालसम्म कुनै दलमा अभ्यास नभएका नौलो ब्यबस्था बुझेका स्वच्छ छवि भएका धेरै साथीहरू को स्वतस्फूर्त आकर्षण ले आफुहरु अत्यन्तै उत्साहित भएको प्रवक्ता पोख्रेलले जनाउनु भएको छ।

पार्टी को विधि बिधान अनुरुप प्रक्रियामा गएर सबै क्षेत्रमा संगठन बिस्तार लाई अगाडि बढाइने भएकाले जोडिन चाहाना भएका सबैले पार्टी का सबै प्राबधान बुझ्न समेत आग्रह गर्नुभएको छ।आगामी निर्वाचन सम्म अत्यधिक जनता राष्ट्रिय स्वतन्त्र पार्टी मा जोडिएर देशको पहिलो पार्टी बन्नेमा आफू बिस्वस्त रहेको पोख्रेल ले थप्नुभएको छ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here