मौरी पालनबाट मौलाउदै कपिलवस्तुका मोहन

1.7kViews
0 Shares

दुर्गा प्रसाद काफ्ले , चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर –५ नौडिहवा निवासी मोहन अधिकारी एक सामान्य कृषक हुन । थोरै खेती तर ठुलो परिवार भएको हुनाले जति खेती गरेपनि बर्ष भरी खान पुग्दैनथ्यो । खेती वाट आजित भएका मोहनले चन्द्रौटा बजारमा एउटा कम्प्युटर तथा मोबाइल पसल खोले । पसल रहरै रहर मा उनले मौरी पालन व्यवसायको प्रयास पनि गरेका थिए ।

उनको पसल सँगसँगै मौरी पालनले गर्दा आफूलाई आनन्द समेत मिलेको उनले बताउछन । चन्द्रौटा बजारमा राम्रै चलेको पसलसँगै उनले इन्टरनेटको काम पनि गरे तर उनलाई त्यतिले मात्रै चित्त बुझेन । उनी विगत ६ वर्ष देखि मौरिपालन व्यववसायमा तल्लिन छन् ।

मौरी पालन व्यवसाय फस्टाउँदै गएको देखेपछि अहिले ६ बर्ष यता पूरा समय मौरी पालनमा दिएको अधिकारीको भनाइ छ । २०६७ सालमा १२ हजार लगानी गरेर उनले व्यवस्थित ढंगबाट मौरी पालन सुरु गरेको अधिकारीको भनाई छ ।
सामाजिक सञ्जालको सहायताले मौरी पालनको ज्ञान हासिल गरेका मोहान अधिकारीले हाल स्वदेशी तथा विदेशी मौरी पालक कृषकसँगको भ्रमण गर्ने अवसर पनि पाएका छन् ।

मौरी पालन व्यावसायलाई प्रवर्द्धन गर्दै त्यसैमा उनी व्यवसायिक समेत बनेका छन् । अधिकांश युवा वैदेशिक रोजगारीमा हुँत्तिएको बेला आफूले स्ट्रगल गरिरहेको उनी बताउँछन्् । एक घारबाट सुरु गरेको मौरी पालन अहिले लोभ लाग्दो बनेको छ । सुरुमा आफ्नो उपभोगको लागि मात्र उत्पादन गरेको भए पनि अहिले सयौं घार मौरिबाट मह उत्पादन गरेर बजारमा समेत बेच्ने गरेको उनी बताउँछन् ।

सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा अहोरात्र खटिने किसान पिडामा रहेको उनको गुनासो छ। कागजी किसान बनेर सरकारी अनुदान खाने नक्कली किसानको पहिचान नगरेसम्म उत्पादन नबढ्ने अधिकारीको भनाइ छ ।

भारतीय मौरी फर्म अवलोकन गर्दा भारतको कन्टेनसमा नेपालमा फ्लोरिङको व्यवस्थापन नहुँदा नेपालमा असहज भएको बताउँदै व्यवस्थापन गर्न सके यो व्यवसाय फस्टाउन सक्ने कृषक अधिकारीले जनाए । परम्परागत कृषि प्रणालीमा आधारित नभएर हाल आधुनिक तरिकाले व्यवसायमा लाग्नुपर्ने देखिन्छ । कम्तिमा एक किसानले १० देखि १५ बिगाहा क्षेत्रफलमा उचित तरिकाले व्यावसाय गर्ने सरकारले अवधारणा नल्याएसम्म आत्मनिर्भर नहुने उनले बताए ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here