लुम्बिनीमा भेटिवपात एक करोड ३ लाख संकलन

1.2kViews
0 Shares

लुम्बिनी

बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

आईतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा  दानपत्रको रकम गणना शुरु गरिएको थियो । आईतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए ।  फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो ।

अघिल्लो पटक मंसिर २८ देखि  पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो ।  अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here