काठमाडौं । एक वर्षपछि अभिनेता पल शाह स्टेज कार्यक्रममार्फत आफ्नो करियरमा ब्याक भएका छन् ।
बुधबार रुकुममा जारी एक महोत्सवमा अभिनेता शाहले आफ्नो प्रस्तुति दिएका हुन् । उनी हेलिकप्टरमार्फत बहिनी रोशनीसहित रुकुम पुगेका हुन् । आयोजकले पलका लागि हेलिकप्टरको व्यवस्था गरेको थियो ।
पलले महोत्सवमा प्रस्तुति दिने र लगत्तै काठमाडौं फिर्ता हुने बताइएको छ । एक वर्ष जेल जीवन बिताएर उनी केही दिनअघि मात्रै घर फर्किएका थिए ।
जेलबाट फर्किएर आएपछिको यो उनको पहिलो कार्यक्रम हो । अब उनी आफ्नै दैनिकीमा फर्किन थालेका छन् । त्यो संगै पलले म्युजिक भिडियोको यात्रालाई पनि अघि बढाउँदैछन् । यसका लागि उनले विभिन्न भिडियो निर्देशकहरुसंग छलफल थालेको बताइन्छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।