भलवाडका सुनौलो हजार दिनका आमाहरुलाई तालिम प्रदान

334Views
0 Shares

बाबुराम रायमाझी,भलवाड : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित भर्तापुर टोलमा सुनौला हजार दिनका आमाहरुलाई पूर्ण सरसफाई सम्बन्धी तालिम प्रदान गरिएको छ । मंगलबार बाणगंगा नगरपालिकाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका ३० जना आमाहरुलाई पूर्ण सरसफाई सम्बन्धी एक दिवसीय तालिम भर्तापुरमा सम्पन्न गरिएको हो ।

तालिममा वाणगंगा नगरका प्रमुख चक्रपाणी अर्यालले बालबालिकाको ८० प्रतिशत विकास सुरुका हजार दिनमा हुने भएकाले यो समयलाई सुनौलो हजार दिन भनिएको बताउनुभयो । त्यसतै उहाँले यो समयमा सुनौला हजार दिनका आमाहरुले पुर्ण सरसफाईमा ध्यान दिनुपर्नेमा सहभागिहरुलाई जोड दिनुभयो ।

यस्तै कार्यक्रममा नगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमूख खिमबहादुर जिसी, वडा अध्यक्ष कमल पौडेल र नगर कार्यपालिका सदस्य केशरा गुरुङले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रमका कार्यक्रम संयोजक शर्मिला राना र भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here