बाणगंगा माविमा गरियो सहित्यिक जागरण अभियान

463Views
0 Shares

कपिलवस्तु । विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाहरुलाई प्रष्फुटित गराई साहित्य सिर्जना गर्न क्षमता अभिबृद्धी गर्ने तथा प्रेरणा जागृत गराउने उद्देश्यका साथ सहित्यिक जागरण अभियान सम्पन्न गरिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाई स्थित बाणगंगा माध्यमिक विद्यालयमा शुक्रबार बाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा जागरण अभियान तथा क्वल गठन गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्यो. कृष्णप्रसाद पाण्डेको अध्यक्षता तथा बाणगंगा मावि लौगाइका प्राचार्य कुलराज पौडेलको प्रमूख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिद्यालयका शिक्षक तथा कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको प्रतिष्ठानले जनाएको छ । सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने् नेपाली साहित्यमा लोक छन्दका विषयमा पनि जानकारी दिनुभएको थियो । यस्तै संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहाकार ज्ञानराज अर्यालले साहित्यको चिनारीका विषयमा प्रकाश पार्नुभयो । यस्तै सल्लाहाकार सूर्य प्रसाद भुषालले छन्दका विषयमा प्रकाश पर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सददसइ पुनाराम गिरी र उपाध्यक्ष देवका भण्डारीले कविता बाचन समेत गर्नुभएको थियो ।

सोही कार्यक्रम मार्फत बाणगंगा माविमा ११ सदस्यीय साहित्यिक क्लव समेत गठन गरिएको छ । उक्त क्वलको संरक्षक शिक्षक तारा प्रसाद पौडेल रहनुभएको छ भने विद्यार्थी संयोजक राधा गैरे, सह संयोजक जोशिका कंडेल, सचिवमा लक्ष्मण आचार्य, सह सचिवमा अस्मिता गिरी र कोषाध्यक्षमा सुरुचि पौडेल रहनुभएको छ । यस्तै सदस्यहरुमा क्रमशः हिमाल कडेंल, आशिष पौडेल, गणेश भुषाल, कुशल पौडेल, आययुशा पौडेल लगाएत रहनुभएको बाणगां साहित्कि प्रतिष्ठनले जनाएको छ ।

कार्यक्रम संस्थाका सचिव मोहन अधिकारी र कोषाध्यक्ष कृष्णप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here