काठमाडौं
विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन पाएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई उपहार दिएका हुन् ।
आफ्नो जीवनको सबैभन्दा ठूलाे खुशीकाे पल मनाउन मेस्सीले यस्ताे उपहार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनले उल्लेख गरेको छ । स्मार्टफाेन कस्टमाइेजन सेवा दिँदै आएकाे कम्पनी ‘आईडिजाइन गोल्ड’ ले मेस्सीले अर्डर गरेअनुरूप ३५ ओटा सुनकाे आईफोन तयार पारेकाे थियाे ।
मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए ।
यसपछि गत शनिबार कम्पनीले ३५ ओटा आईफोन १४ एस स्मार्टफोन डेलिभर गरेको थियो । उक्त आईफोन २४ क्यारेटको सुनले बनेको छ, जहाँ क्यामेराको छेउमा खेलाडीको नाम र जर्सी नम्बर छ भने एप्पल लोगोको ठाउँमा अर्जेन्टिना राष्ट्रिय फुटबल टिमको लोगो र तल ‘वर्ल्ड कप च्याम्पियन २०२२’ लेखिएको छ ।
मेस्सीले एउटा आईफोनका लागि एक लाख ७५ हजार पाउन्ड (करिब दुई करोड ७७ लाख रुपैयाँ) खर्च गरेको बताइएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।