प्रेम पाण्डे / कपिलबस्तु
हिमाली कथा मा सजाइएको रोहित घिमिरेको सितल सितल ले अहिले नेपाली सांगीतिक आकास पुन: रंगिन बनेको छ।
एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यो गीतमा संगीत सिएल शर्माले दिएका छन् अस्मिता अधिकारी र गायक रवि शर्माको आवाजमा सजिएको सितल सितल भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाइएको छ।
गीतमा नायिका तथा मोडल मल्लिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ। भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ। गीतकार घिमिरेका यसअघि सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो लगायत ३ दर्जन बढी गीत बजारमा आइसकेका छन्।
केशज भट्टको निर्देशनमा तयार यो भिडियोमा मनाङ र मुस्ताङका अत्यन्तै सुन्दर ठाउहरु खिचिएको छ। गित सितल सितल का रचनाकार अहिले फ्रान्स को पेरिस बाट साझाकुरा संग जानकारी सहित सम्पर्कमा हुनुहुन्थ्यो। रोहित घिमिरे अहिले सांगीतिक कार्यक्रम को लागी फ्रान्स लगायत युरोप का थुप्रै देशहरुको भ्रमण मा हुनुहुन्छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।