कपिलवस्तु
वामदेव-खिमकुमारी स्मृति पुरस्कारबाट साहित्यकार ऋषिकेशव भारद्वाज पुरस्कृत हुनुभएको छ । विगत लामो समयदेखी नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नु भएका भारद्वाज लेखक संघ दाङले आयोजना गरेको २८ औं साधारण सभा,पुरस्कार एवं सम्मान कार्यक्रममा वामदेव-खिमकुमारी स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
लेखक सङ्घले उहाँलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेको हो । साहित्यकार भारद्वाज वाणगङगा नगरपालिका वडा नम्बर ८, चप्परगाउँमा कपिलवस्तुमा बस्दै आउनु भएको छ ।
उहाँ विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध भएर नेपाली साहित्यलाइ अगाडि बढाउदै आउनु भएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।