भलवाड खानेपानी आयोजना : काम पुरा नहुँदै अख्तियारमा मुद्धा, निर्माण कार्य अलपत्र

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा २०७२ साल देखि सुरु भएको भलवाड खानेपानी योजना काम पुरा नहुँदै अख्तियारमा मुद्धा परेको छ ।

वडा नम्बर ९ मा निर्माण थालिएको खानेपानी आयोजनाका लागि २०७२ सालमा धुव्र बेल्वासेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ३ वर्षमा निर्माण सक्ने लक्ष्या थियो । तर यो आयोजना अहिले सम्म पनि पुरा हुन सकेको छैन । लुम्बिनी प्रदेशको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयबाट योजना अन्तगरको काम सम्पन्न गर्न बजेट विनियोजन भई कम भएको थियो । निर्माण सुरु भएको तीन वर्षमा योनजा सम्पन्न गर्नुपर्ने भए पनि ८ वर्ष बितिसक्दा समेत आयोजना अधुरै छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा योजना सम्पन्न नगरी लथालिङ्ग तथा अलपत्र पारी पाइप खरिद समेतमा लाखौँ रकम अनियमितता गरेको, आर्थिक वर्ष २०७७/०७८ र २०७८/ ७९ मा भत्किएको पर्खाल मर्मतका लागि आएको बजेट सामान्य मर्मत गरी २४ लाख अतियमितता गरेको, उपभोक्ताबाट एक हजार १ सय २५ का दरले खानेपानी सदस्यता शुल्क उठाएको र उक्त रकम सार्वजनिक नगरेको विषयमा उजरी परेको  छ । अख्तियारले उक्त उजिरी उपर आवश्यक छानविन तथा कागजात अध्ययन गरी छानविन प्रतिवेदन लगाएत आयोगको महाशाखामा पन्ध्र दिन भित्र उपलब्ध गराउन कातिक ३० गते पत्र काटेको थियो ।

यसैबिच उक्त खानेपानी अयोजनाको समितिका अध्यक्ष रहेका धुव्र बेल्वासे वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष समेत हुन । उपभोक्ता समितिका तर्फबाट आयोजनाको सेवा क्षेत्रका नागरिकबाट प्रतिव्यक्ति १ हजार १२५ रुपैँयाका दरले संकलन गरिएको सदस्यता शुल्कको जिम्मा मात्रै आफूहरुको रहेको  र उक्त रकम बैँक मौजदात रहेको साझाकुरा टिमसँग कुरा गदैँ बेल्वासेले बताएका छन् । उनका अनुसार आयोजनाको अन्य बाँकी सबै काम खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तौलिहवाले गरेको हो ।  उता पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालयले समेत पौष ५ गते पत्र काट्दै विवरण उपलब्ध गराउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई भनेको थियो ।

आयोजना निर्माण समितिका अध्यक्ष बेल्वासेले तीन वर्षमा निर्माण सक्नुपर्ने लक्ष्य रहेको भए पनि सुरुको वर्ष बोरिङ निर्माणका लागि बजेट आएको र दोस्रो वर्ष भलवाड खाने पानीको नाममा बजेट आउनुपर्नेमा भलवाडी भएकाले बजेट अन्यत्रै गएपछि काम विलम्ब भएको बताए । त्यस वर्ष ४० लाख बजेट अन्यत्रै गएको र काम ढिलाइए भएको बेल्वासेले बताए । अर्काे वर्ष ट्याङ्की निर्माणका लागि बजेट विनियोजन भइ टेण्डर भएको थियो । उक्त काम सबै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले आफै गरेको उनको भनाई छ  ।

अब अलपत्र परेको आयोजना पूर्ण हुन मुख्य गरी विद्युतिकरण, ट्याङ्की परिक्षण र पाइलाइन विस्तार लगाएतका काम बाँकी छन् । बिचका तीन आर्र्थिक वर्ष बजेट नै नपरेका कारण निर्माणले गति लिन नसकेको बेल्वासले बताए ।

प्रतिक्रिया