प्रेम आचार्यको घटना दुख:द, यसमा म पनि दोषी छु : गृहमन्त्री लामिछाने

काठमाडौं

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै इलामका प्रेम आचार्यले आत्मदह गरेर निधन भएको घटनाप्रति दुख व्यक्त गरेका छन् ।

मन्त्री लामिछानेले आफू जस्ता नयाँ हरुको राजनीतिक आगमनले समेत उत्साह थप्न नसक्दा यस घटनामा आफू पनि दोषी भएको उल्लेख गरेका छन् ।

‘हामीजस्ता नयाँहरुको आगमनाले पनि आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,’ मन्त्री लामिछानेले भनेका छन्, ‘म दोषी छु। प्रेम आचार्य जी । नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकिनौं।’

त्यस्तै मन्त्री लामिछानेले आफूहरुले पनि मुलुकको परिस्थितिका कारण कारण शान्त बिद्रोह गरेर आएको बताएका छन् ।

‘यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ,’ उनले अगाडि भनेका छन्, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।’

आफूले हरेक क्षेत्रमा निराशा व्यहोरेको भन्दै इलामका प्रेमप्रसाद आचार्यले मंगलबार पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए ।

उनले संसद भवन नयाँ वानेश्वर अगाडी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निस्किने वित्तिकै आफूमाथि आगो लगाएका हुन् ।

उनको शरीरमा लागेको आगो निभाउँदासम्म उनको ८० प्रतिशत शरीर जलेको थियो । आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

प्रतिक्रिया