यू–१९ पुरुष क्रिकेटको राष्ट्रिय टिममा वाणगंगााका दुर्गेश गुप्ता छनौट

ईसाझाकुरा संवाददाता

नेपालले आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप छनोट एसिया क्षेत्रका लागि १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । प्रतियोगिता फेब्रुअरी २४ देखि मार्च ३ सम्म यूएईको अजमानमा हुनेछ ।

यो टिम घोषण सँगै कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका युवाले पनि स्थान पाएका छन् । वाणगंगा नगरपालिका स्थित वडा नम्बर ५ मा बस्ने दुर्गेस गुप्ता यू – १९ को राष्ट्रिय टोलिमा स्थान पक्का गरेका हुन् । घरेलु लिगमा बलिगमा हलचल मच्चाएका दुर्गेस क्यानले छनौट गरेको राष्ट्रिय टिममा परेका हुन् ।

कार्तिक महिनामा सञ्चालन भएको प्रधानमन्त्री कपमा गुप्ताले लुम्बिनीबाट प्रतिनिधित्व गर्दै खेलेका थिए ।

गुप्ता सहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा ‘बी’, उत्तम थापामगर, दीपक डुम्रे, दीपक कँडेल, हेमन्त धामी, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहराले नेपालको यू–१९ टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक जगत टमाटाले कप्तान छनोट केही समयपछि गर्ने जनाए ।

पहिलो चरणमा २८ खेलाडी छानेर प्रशिक्षण गरिएको थियो । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकमा खुम्चिएका छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले यूएई, मलेसिया, हङकङ, सिंगापुर, कुवेतसँग प्रतिस्पर्धा गर्नेछ र विजेता राष्ट्र २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छानिनेछ । नेपाल २०१६ यता यू–१९ विश्वकपमा छनोट हुन असफल रहेको छ ।

प्रतिक्रिया