बिजयनगरमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न

2.4kViews
452 Shares

दुर्गाप्रसाद काफ्ले, चन्द्रौटा । कपिलवस्तु को बिजय नगर गाउँ पालिका मा रहेको गणेशपुर आयुर्वेद शाखा ले विभिन्न बिद्यालय हरुमा बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेको छ !
मिति २०७९ साल मङ्सिर २०गतेदेखि सुरु भएको उक्त कार्यक्रम श्री भुवनेश्वोरी मा: बिजय नगर ३ जगदीशपुर मा र आज श्री शिव मा बि डालपुर म भएको थियो !
कार्यक्रम मा भुवनेश्वोरी मा बि का २८ छत्रा २२ छात्र र डालपुर मा बि का ३३ छात्रा २२ छात्र का साथै शिक्षक शिक्षिका हरु सहभागी भएका थिए !
कार्यक्रम मा आयुर्वेद , आहार बिहार, तथा योगाध्यास को बारेमा सिकाइएको थियो साथै आयुर्वेद चिकिस्या सेवा प्रदान गर्ने सन्था हरु तथा पाइने सेवाहरु वारे जानकरी दिइएको थियो ! दिनचर्या , रितुचर्या , आहार बिहार , स्वास्थ्य जीवन शैली , सावधानी सचेतना गराइयो!
योगको बारेमा जानकारी दिदै योगका विभिन्न क्रियाकलाप हरुको अभ्यास गराइएको थियो!
साथै स्थानीय स्थरमा प्राप्त हुने जडीबुटी को उपयोगीता को बारेमा जानकारी दिई बिध्यालय र आ – आफ्ना घर परिसरमा रोप्ना प्रोत्साहन गरिएको थियो ! कार्यक्रम को अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष मोहमद मुसलमान को अध्यक्षता बिजय नगर गाउँ पालिका क प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल को प्रमुख आतिथ्यता बिजय नगर गा: पा: वडा नम्बर ७ गणेशपुर आयुर्वेद औषधालय कि वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरी र नागरिक आरोग्य केन्द्र कृष्ण्नगर नगर पालिका डा: नागेश्वोर प्रसाद मिश्र हरुले गर्नु भएको आयोजक गणेशपुर आयुर्वेद औषधालय ले जनाएको छ !

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here