आज ५ डिसेम्बर। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटनाक्रम
-सन् १९७७ मा इजिप्टले सम्पूर्ण अरब देशहरुसँग आफ्नो सम्बन्ध तोडेको घोषणा गरेको थियो। तत्कालीन राष्ट्रपति अनवर अल सदतले सिरिया, लिबिया, अल्जेरिया र दक्षिण यमनसँगको सम्बन्ध तोडेको घोषणा गरेका थिए। ती देशहरुको इजिप्टप्रतिको एक्यबद्धताविरुद्ध तथा प्यालेस्टाइन स्वतन्त्र संगठनले त्रिपोली घोषणापत्रमा हस्तक्षर गरेपछि अनवरले सम्बन्ध तोडेका थिए। सो घोषणापछि अनवरले इजरायलको भ्रमण गरेका थिए।
-सन् १९३६ मा क्रिगिज सोभियत समाजवादी गणतन्त्रको स्थापना भएको थियो।
-अमेरिकामा लामो समयसम्म मदिरामाथि प्रतिबन्ध लगाइएको थियो। सन् १९२० मा मदिरामाथि लगाइएको प्रतिबन्ध संविधानको २१ औं संशोधनमार्फत सन् १९३३ मा अन्त्य गरिएको थियो।
-सन् २००५ मा बेलायतको नागरिक साझेधार ऐन २००४ कार्यान्वयनमा आएको थियो। संसदबाट पारित भएको एक वर्षपछि यो कार्यान्वयनमा आएको थियो।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।