अब ई-सिम देशभर, पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकलाई निःशुल्क

नेपाल टेलिकमले मु्लुकभरका दूरसञ्चार कार्यालयहरूबाट ई–सिम वितरण सुरु गरेक‍ो छ । ई–सिम कम्पनीले २०७९ भाद्र ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेकोमा ८ मंसिरबाट देशैभर वितरण सुरु गरेको छ । हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहनुभएका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरूले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ ।

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान टेलिकमले आग्रह गरेको छ ।

प्रतिक्रिया