रूपन्देही-१ मा छविलालको अग्रता कायमै, घनश्याम निरन्तर पछि

रूपन्देही

रूपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता फराकिलो पार्दै गएका छन्।

बिहान ९ बजेसम्म ६६७७३ मत गणना गर्दा विश्वकर्माले १६१८९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल १३४४८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले ८७५३ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ८७१४ मत पाएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया