जय महाकाल युवा समूहद्वारा सिमा क्षेत्रमा नामाकरण सहित बाेर्ड स्थपना

 रामबहादुर गन्धर्व /कपिलवस्तु । भाेकालाई भाेजन ,प्यासीलाई पानी भन्ने मुल नाराका साथ गठित जयमहाकाल युवा समूह काठमाडौले विभिन्न समयमा विभिन्न उदाहरणीय कार्य गर्दै आइरहेकाे भए ता पनि मंगलबार अर्घाखाँची र बाणगंगा नगरपालिकाकाे सिमा क्षेत्रमा पर्ने बालकण्ठ बराजु धाम क्षेत्रमा नामकरण सहितकाे बाेर्ड स्थापना गरिएको छ। स्थापना गरिएको बाेर्डमा , हिन्दुराष्टस्या रक्षार्व्य याेगी नरहरि सदा चेला उद्यम कर्तु निरयंही अन्बेर्षर्णािह सर्वदा तस्य शिस्य अमृत अर्थाचत हिन्दु धर्मका रक्षाका लागि याेगी नरहरिनाथका चेला याेगी सुर्य नाथ पराकर्मी ले नामारण सहितकाे अनावरण गर्नु भएको हाे। उक्त बाेर्ड युवा समूहका सल्लाहकार सदस्य बाबा बलरामको संयाेजकत्वमा बाेर्डकाे स्थापना गरिएको बाणगङ्गा युवा समूहका संयाेजक भाेलाराज पौडेलले जानकारी दिनु भयो । परापुर्वकालदेखि पर्यटकिय रूपमा संभावना बाेकेकाे धार्मिक स्थल प्रचारप्रसारकाे अभावका कारण ओझेलमा परेको सिरिङ्गीघाट धामलाई प्रचारप्रसार गराउने उद्वेश्यका साथ अनावरण गरिएको जय महाकाल युवा समूहले बताएको छ। यस क्षेत्रमा पुरातत्वीक आकृति रहेको साे क्षेत्रमा पुजापाठका लागि गुरूकुल बिद्यापिठ पिपराका पण्डित रमानाथ घिमिरे दैनिक जाने -अाउने गरेको पनि युवा समूहले जनाएको छ कार्यक्रममा केन्द्रीय सदस्य ,रूपन्देही सैनामैना ,बाणगङ्गा नगरपालिकाका पदाधिकारीहरूकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया