चर्चित रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन

सेयर गर्नुहोस्
53Shares

चितवन

रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । मंगलबार बिहान चितवनको माडीबाट काठमाडौं आउने क्रममा विश्वकर्मा चढेको माइक्रोबस दुर्घटना हुँदा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान साढे ५ बजेतिर उनी सवार रहेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

विश्वकर्मा रेडियो थाहा सञ्चारमा चर्चित कार्यक्रम ‘बहकिने मन’ सञ्चालन गर्दथे । उनी आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन भने सो पार्टीको जात व्यवस्था उन्मुलन मोर्चाको सचिव समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here