काठमाडौं
मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।
एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ ।
११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको उम्मेदवार रहेका बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका खतिवडा ४ हजार ४४३ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार १८७ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।