दुबईमा ‘कार वास’ गर्ने नेपाली युवक एकाएक बने करोडपति

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर (कार वासर)को रुपमा काम गरिरहेका नेपाली युवक भरत बिके एकाएक करोडपति बनेका छन् ।

भरतले दुबईमा चर्चित मजुज चिठ्ठामा एक करोड दिराम अर्थत ३४ करोड नेपाली रुपैयाँ जित्दै करोडपति बनेका हुन् । संचार माध्यम गल्फ न्युजले जनाए अनुसार भरतले विगत दुई वर्ष देखि यो चिठा किन्दै आएका थिए भने यति ठुलो धनराशी जित्ने उनी पहिलो नेपाली हुन् ।

‘यो पुरस्कारले मलाई धेरै कुरा प्राप्त गर्न मद्दत गर्ने छ , म यथाशिघ्र मेरो ऋण र अन्य खर्च तिर्ने छु ’उनलाई उध्रदत गर्दै गल्फ न्युजले लेखेको छ ।’

उक्त पैसा आफ्न तीन र पाँच वर्षिय सन्तानको भविष्यको लागि खर्चिने समेत उनको योजना छ । भरतले अब आफू करोडपति बने पनि सादा जीवननै बाच्ने सेमेत बताएका छन् ।

मजुज दुबईमा प्रख्यात लट्री चिठ्ठा हो । । मजुजका सिईओ फरिद सामजीका अनुसार धेरै नेपालीहरुले यस चिठ्ठामा सहभागिता जनाउँदै आएका छन् । ‘अहिलेसम्म करिव ३ हजार दुई सय जना नेपालीले मजुजमा विभिन्न श्रेणीको चिठ्ठा जितेका छन् जस मध्य पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जित्ने २८ जना रहेका छन् । सिईओ सामजीले भनेका छन् ।

प्रतिक्रिया