ई–साझाकुरा समाचार प्रभाव : बाणगंगामा भेटिए एकै दिन ४६ डेँगु संक्रमित, नगर स्वास्थ्य शाखाले थाल्यो खोजपड्ताल अभियान

सेयर गर्नुहोस्
59Shares

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आज एकै दिन ४६ जना डेँगु संक्रमित नागरिकहरु फेला परेका छन् । ई–साझाकुराबाट सोमबार साँझ प्रकाशित समाचारको प्रभावका कारण नगरपालिकाको स्वास्थ्य शाखाले तत्काल रोगीहरुको खोजपड्ताल थायो । जसका कारण साउन महिनाभर नगरका विभिन्न अस्पतालमा ज्वरो आएर उपचार गराउँदा डेँगु पहिचान भई उपचाररत रहेका नागरिक ४६ जना रहेको पाइएको हो ।

कपिलवस्तुमा भाइरल ज्वरो र डेँगुको संक्रमण उच्च, नगरपालिका र स्वास्थ्य कार्यालय बेखबर शिर्षकको समाचार प्रकाशित भएको २४ घण्टा वित्न नपाउँदै बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले नगरका सबै अस्पताल, स्वास्थ्य संस्था तथा निजी क्लिनिकहरुबाट यो महिनाभर ज्वरोको कारण उपचारमा आएका बिरामीको डाटा संकलन गर्नुभयो । सो डाटालाई आधार मान्दा बाणगंगामा मात्रै ४६ जना मानिसमा डेँगु पुष्टि भएको पाइएको हो । हाल उनीहरु मध्ये ६ जनाको जिल्ला बाहिर विभिन्न अस्पतालमा उपचार भइरहेको पाइएको र बाँकी ४० जना जिल्ला भित्र नै स्वास्थ्यकर्मीको सम्पर्कमा रही सामन्य अवस्थामा रहेको नगर स्वास्थ्य शाखा प्रमूख पौडेलले जानकारी दिनुभयो । तपाईले समाचारबाट सूचना दिएर धेरै राम्रो काम गर्नुभयो उहाँले भन्नुभयो, रोगिहरु पुष्टी भएका रहेछन् हामीसँग विवरण नै नआएको रहेछ । अब खोजी गर्न परिपत्र नै गरेका छौँ ।

यस्तै आज नै नगरपालिकाको स्वास्थ्य शाखाले बाणगंगाका सबै वडाका स्वास्थ्य चौकी र विभिन्न अस्पतालहरु सहित स्वास्थ्य स्वेयमसेवीकाहरुलाई डेँगु रोगीहरुको खोजी र उनिहरुको व्यवस्थापनमा लाग्न परिपत्र गरेको छ । तत्काल नगरबाट समेत डेँगु पहिचान र नष्ट गर्ने अभियान संचालनको समेत तयारी थालिएको जनाइएको छ ।

अहिले केही साता यता कपिलवस्तु सहित देशभर मौसममा परिवर्तन आएको छ । चैत महिनामा जस्तै बिहानै देखि हावा हुरी र चर्काे घाम सहितको गर्मीका कारण तराइका जिल्लामा भइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । यही बेला भाइरल ज्वरोसँगै अधिकाशं नागरिकहरुमा डेँगु समेत पुष्टी हुने गरेको छ । एक्कासी ज्वरो आएमा, टाउको दुख्ने, वान्ता हुने, शरिरका जोर्नीहरु दुख्ने वा यस्ता खालका लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मी तथा चिकित्सककहाँ गई उपचार गराउनुपर्ने पनि विशेषज्ञहरुको सुझाव रहेको छ । घर वरीपरि सफा राख्ने, लामखुट्टेको टोकाइबाट बच्ने र त्यसका लागि झुलको प्रयोग गर्न पनि आग्रह गरीएको छ ।

यस विषयमा हामीले समाचार तयार पार्दा कपिलवस्तुका विभिन्न अस्पतालहरुमा डेँगु रोगीहरु पहिचान भइरहेका तर पालिका र स्वास्थ्य कार्यालयहरुले विवरण अद्यावधिक नगर्दा जिल्लामा शुन्य बिरामी रहेको बताइएको थियो । कपिलवस्तु जिल्लाभरका दशवटै पालिकामा अनुगमन र तथ्याङ्क अभिलेखिकरण गर्ने हो भने सायौँ को संख्यामा डेँगु रोगी भेटिने देखिएको छ ।

यो पनि पढ्नुहोस् ।

कपिलवस्तुमा भाइरल ज्वरो र डेँगु संक्रमण उच्च, पालिका र स्वास्थ्य कार्यालय भने बेखबर

प्रतिकृया दिनुहोस्





साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here