बाणगंगामा थालियो टोल विकास संस्थाको पुर्न गठन

सेयर गर्नुहोस्
34Shares

रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुमा जनप्रतिनिधि निर्वाचनबाट चुनिएर नयाँ आए पनि टोल विकास संस्था भने पुरानै कायम भइरहेका बेला बाणगंगाको वडा नम्बर ६ ले टोल विकास संस्थाको पुर्नगठन सुरु गरेको छ ।

नगरका सबै वडाका टोल विकास संस्थाको म्याद गुज्रिसकेको छ । तर गठनको प्रक्रिया कुनै पनि वडा र टोलले थालेका छैेन । यही बेला वडा नम्बर ६ ले भने देउराली टोल विकास संस्थामा नयाँ समिति गठन गरि पुर्नगठन सुरु गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच टोल विकास संस्थाको पुर्न गठन गरिएको छ । आगामी दुई वर्षे कार्यकालका लागि सो टोल विकास संस्थाको अध्यक्षमा हुम बहादुर घर्ती मगर चयन भएका छन् । यस्तै समितिको उपाध्यक्षमा कमानन्द थारु, सचिव मन बहादुर नेपाली, कोषाध्यक्षमा रिता चौधरी र सह सचिवमा डाल बहादुर थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः भिम बहादुर पाण्डे, पञ्चराम थारु, अस्मिता दमै, कमला घिमिरे, टेक बहादुर बि.क र दुर्गा बि.क छानिएका छन् ।

उनीहरुलाई वडा अध्यक्षले आगामी कार्यकालका लागी शुभकामना दिएका छन् । वडा अध्यक्ष करुण टण्डनले आफ्नो टोलको विकासका लागि टोल विकास संस्थाको भुमिका महत्वपूर्ण हुने भएकाले टोलमा हुने हरेक विकासका काममा सक्रियताका साथ लाग्न आग्रह गरेका छन् ।

कार्यक्रममा यमबहादुर प्यूठानीको अध्यक्षता तथा वडा अध्यक्ष टण्डनको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कमला घिमिरेको स्वागत र धुव्र ज्ञवालीको संचालन रहेको कार्यक्रममा नम नारायण उपाध्यायले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्





साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here