प्रभु बैंकद्धारा भारी संख्यामा कर्मचारीको बढुवा

प्रभु बैंकले एकैपटक भारी संख्यामा कर्मचारीको बढुवा गरेको छ । प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ । मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक भारी संख्यामा कर्मचारीको बढुवा गरेको हो ।

हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन् । तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ । बैंकको एचआर विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो ।

बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन् । यसअघि सहायक महाप्रवन्धक रहेका दिनेश थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ ।

चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मि पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । एचआर विभागका अनुसार करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

प्रतिक्रिया