राष्ट्रिय जनमोर्चा सदस्य आचार्यको निधनमा शोक सभा

सेयर गर्नुहोस्
11Shares

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा बाणगंगा नगरकमिटीले पार्टीे सदस्य स्व. यमलाल आचार्यको निधनको नवौं दिनको दिन शोकसभा गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजमो जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले एक कुशल अभिभावक गुमाउदा पार्टीलाई अपुरणिय क्षति भएको बताउनु भएको थियो । उहाँले स्वर्गीय यमलाल आचार्यले देखाउनु भएको मार्ग दर्शन लाई आत्मसात गर्दै उहाँका अधुरा सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

शोक शभालाई सम्बोधन गर्दै अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्यले स्वर्गीय यमलाल आचार्यले बिगत लामो समय देखि प्रवासमा रहि सामज सेवा र समाज परिवर्तनको निम्ति मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय रहि आम नेपालिहरुलाई संगठनमा आबद्द गराई जनताको पक्षमा काम गर्न प्रेरित गर्दै आउनु भएको उहाले बताउनु भएको थियो ।

कार्यक्रममा परिवारको तर्फबाट उहाँको जिवनि बारे परिवार सदस्य विष्णु आचार्यले स्पष्ट पार्नुभएको थियो । मृतक यमलाल आचार्यको साबिक बिजुली गाबिस ६ हाल ऐरावति गा पा ४ दमार प्युठानमा जन्म भएको थियो । मृतकका भाइ शोभाराम आचार्यको अध्यक्षतामा अघि बढेको शोक सभालाई अखिल छैठौंका केन्द्रीय सदस्य रिसव आचार्यले सन्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्





साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here