विश्व स्तनपान दिवसको सप्ताहव्यापी कार्यक्रम मोतिपुर स्वास्थ्य चौकीमा समापन

कपिलवस्तु । कपिलवस्तु सहित देशभर सप्ताहव्यापि विश्व स्तनपान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी आज दिवसको समापन गरिएको छ । हरेक वर्ष अगष्ट १ देखि अगष्ट ७ सम्म यो दिवस मनाउने गरिन्छ ।

कपिवस्तुको बाणगंगा नगरपालिकाको सहयोग तथा स्वास्थ्य चौकी मोतिपुरको आयोजनामा एक हप्ता सम्म समुदाय स्तरका विभिन्न कार्यक्रम गरी आज सप्ताहको औपचारीक समापन गरिएको छ ।

सप्ताहको समापन कार्र्यक्रममा मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले आफ्नो बच्चाको पूर्ण बिकासका लागि हरेक आमाहरु गर्भावस्था देखि नै पूर्ण रुपले तयार हुनुपर्ने बताउनुभयो । उहाँले बच्चाको शारिरिक, मानसिक तथा संवेगात्मक विकासका लागि स्तनपान पूर्ण रुपमा हुनुपर्ने उहाँको भनाई छ ।

यस्तै बच्चालाई पुर्ण स्तनपान गराउदा हुने फाइदा र नगराउदा हुने बेफाइदका विषयमा स्वास्थ्य चौकी मोतिपुरका सिनियर अनमी सुन्दरा केसीले जानकारी गराउनुभएको थियो । पछिल्लो समय आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराएपनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको हुँदा यस्तो समस्या समाधानका लागि बच्चा छ महिनाको नहुँदासम्म आमाकै दुध मात्रै खुवाउनुपर्ने र त्यसको विकल्प अरू खोज्न नहुने उहाँले बताउनुभयो ।

एक अध्ययनका अनुसार स्तनपानको सट्टा वा स्तनपानसँगै बच्चालाई दुध अथवा लिटो खुवाउने प्रवृति बढेको पाइएको छ । त्यसो गर्दा बालबालिकालाई आवश्यकताभन्दा बढी पोषण हुने र त्यसले पछिसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव देखापर्ने पनि स्वास्थ्य बिदहरु बताउँछन् ।

सन् २०१६ को सरकारी तथ्याङ्कले ६६ प्रतिशत आमाहरूले मात्रै छ महिनाभन्दा कम उमेरका शिशुहरूलाई स्तनपान मात्रै गराउने गरेको पइएको थियो । त्यस यताका तथ्याङ्कमा भने केही सुधार देखाएको छ।

बालरोग विशेषज्ञहरूको अनुभवमा पछिल्लो समय खासगरी नयाँ आमाहरूले दुध नआएको भन्दै बट्टाको दुध वा लिटो खुवाउने प्रवृत्ति बढेको छ । पहिलो सन्तान भएका नयाँ आमाहरूमा धैर्यता कम हुने हुँदा दुध नआउने र त्यसको असर बच्चाको शरीरमा परिरहेको बालरोग विशेषज्ञहरुको अनुभव छ।

यस पटक ३० औँ विश्व स्तनपान सप्ताह मनाइरहदाँ कपिलवस्तुको मोतिपुर स्वास्थ्य चौकीको तथ्याङ्मा भने करिब ९० प्रतिशत बालवालिका पूर्ण स्तनपान गरेको पाइएको स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले बताउनुहुन्छ ।

स्तनपान गराउने आमाहरुको सहभागिता रहेको कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वासथ्य शाखा सह संयाजक भक्ति पाण्डेले बच्चा जन्मिएको ६ महिना सम्म पूर्ण स्तनपान गराउने र त्यस पछि मात्रै थप खानको मात्र बच्चालाई दिनुपर्ने बताउनुभयो । उहाँले पूर्ण रुपमा स्तनपान पाएका बच्चा सक्षम हुने, तेजिलो दिमागका हुने, निरोगी हुने हुँदा हरेक आमाहरुले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउनुपर्ने सुझाव समेत दिनुभयो ।

कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी सहित स्तनपान गराउने आमाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया