नारायणकाजीले पाए कार्यवाहक अध्यक्षको जिम्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।
श्रेष्ठले आउँदो २४ साउनसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। जापान भ्रमणमा रहेका अध्यक्ष दाहाल २५ साउनमा स्वदेश फर्किनेछन्।
प्रतिक्रिया