बाणगंगा ७ ले दियो विद्यार्थीहरुलाई वडाको लोगो अंकित शैक्षिक सामग्री

सेयर गर्नुहोस्
105Shares

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार वडा भित्रका तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वडाको लोगो अंकित शैक्षिक सामग्री वितरण गरेको छ ।

वडा नम्बर ७ स्थित नव दुर्गा आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष विष्णु गिरीले वडाका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार २ सय ३७ जना विद्यार्थीलाई वडा कार्यालयको लोगो अंकित ३ हजार ७ सय ११ थान कापि र कलम वितरण गर्नुभएको हो ।

प्रति विद्यार्थी तीन तीन वटा कापी र कलम वितरण गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो । वडा नम्बर ७ स्थित श्री जन ज्योति मावि मोतिपुरका ६ सय १६ जना, जन चेतना आधारभूत विद्यालय बनगाईका ३ सय १२ जना र नव दुर्गा आधारभूत विद्यालय मोतिपुर डाँडाका ३०९ जना गरी कुल १२ सय ३७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । वडा कार्यालयको १ लाख बजेट लागतमा सो सामग्री वितरण गरिएको वडा अध्यक्ष गिरीले ई साझाकुरालाई जानकारी दिनुभयो ।

वडाले दिएको कापीको बाहिरी कभरमा लेखिएको छ, “बालमैत्री व्यवहारिक प्रविधियुक्त गुणस्तरीय शिक्षा आजको आवश्यकता” ।  नेपाल सरकारको निशान छाप बिचमा राखिएको छ भने कभर पेजको तल्ला भागमा बाणगंगा नगरपालिका ७ नं. वडा कार्यालय मोतिपुर कपिलवस्तुद्धारा वितरित भनि लेखिएको छ । यस्तै कापीको पछाडीको कभर पेजमा शैक्षिक सत्र २०७९ को विद्यार्थी भर्ना अभियानको अदार्श वाक्य लेखिएको छ ।

वडा कार्यालयले कापि र कलम दिए पछि विद्यार्थीहरु पनि खुसी भएका छन् । कार्यक्रममा नव दुर्ग आधारभूत विद्यालयका प्रधानाध्यापक बलराम पाण्डेको अध्यक्षता सहित वडा अध्यक्ष विष्णु गिरीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, शिक्षक तथा कर्मचारीहरु, अभिभावक विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।

यसैबिच सोही कार्यक्रमका बिच नव दुर्गा आधारभूत विद्यालयले शैक्षिक सत्र २०७९ को पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सहित उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here