जनसेवा आधारभूत विद्यालयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयले शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिक परीक्षाको नजिता प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच कक्षा बालविकास देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुको असार महिनामा लिइएको प्रथम त्रैमासिक परीक्षाका नतिजा प्रकाशन सहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै चालु शैक्षिक सत्रको पहिलो चौमासिक अतिरिक्त क्रियाकलापका विजयी विद्यर्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी सहित अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया