काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि उच्च अङ्कले घटेको छ । हिजो बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झर्यो ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।
शेयर बजार उच्च अङ्कले घटेको दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।