थप ९ सय १२ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्
14Shares

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार सात सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भइनसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here