राष्ट्रिय जनमोर्चा कपिलवस्तुले बुझायो महङ्गी, भष्ट्राचार अन्त्य र सुकुम्बासी समस्या समाधानको मागसहित ज्ञापनपत्र

सेयर गर्नुहोस्
35Shares

रिसव आचार्य, कपिलवस्तु । सुकुम्बासी समस्या समाधान, किसानका समस्या र जनजिविकाका सवालमा स्थानिय तहले विशेष चासो दिनुपर्ने भन्दै राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्लाका स्थानियतहहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार बुधबार कपिवस्तुका २ वटा पालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउन भुमि आयोग तम्तयारी अवस्थामा रहदा समेत नगरपालिकाबाट सो कार्यका लागि आवश्यक कागजात संकलनमा ठिलासुस्ती र बेवास्ता गरेको भन्दै.राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले जिल्लाका स्थानिय तह हरुमा ज्ञापन पत्र बुझाएको छ । जिल्लाको बाणगंगा नगरपालिका र शिवराज नगरपालिकामा आज ज्ञापन पत्र बुझाएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले बताउनुभएको छ ।

बाणगंगा नगरपालिकामा नगर अध्यक्ष डबलसिंह जि.सी र नगर सचिव राम प्रसाद बेल्वासेको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाउदै स्थानिय तह जनताको प्रत्यक्ष जोडिएको सरकार भएको हँुदा र हालै गठित भूमी आयोग सुकुम्बासी समस्या समाधान गर्न तम्तयार रहदा समेत स्थानिय तहले गर्नुपर्ने काममा ठिला नगरिदिन अनुरोध गरेका थिए ।

साथै ज्ञापन पत्रमा महङ्गी, भष्ट्राचार र कालोबजारीले देशको विकासमै ठूलो असर परेर जनजिविकाको सवाल जटिल बन्दै गएको बताउदै , किसानलाई खेती लगाउने समयमा मल बीउँ राज्यबाट उपलब्ध नहुँदा देशमा खाद्यान्न उत्पादनमा हस हुन गई खाद्य संकट पर्ने अवस्था बढ्दै गईरहेको र गतवर्षको बेमौषमी वर्षाका कारण धानबाली किसानले भित्राउन नपाउँदा राज्य, तथा स्थानीयतहले कुनै सहयोग गर्ने संकेत समेत देखाउन नसकेको समस्या विद्यमान रहेको प्रति ध्यानाकर्षण गर्दै राष्ट्रियता सम्बन्धी सवालमा नागरिकता जस्तो संवेदनशिल विषयमा हालै संसदबाट नागरिकता विधेक पारित गराई विदेशीहरुलाई नेपालको नागरिकता वितरण गर्ने खालको गैरजिम्मेवारी कार्यले देशको राष्ट्रियतामाथि ठूलो संकट पार्ने अवस्था सृजना भएको उल्लेख गरिएको थियो ।

यता शिवराज नगरपालिकामा पनी नगर अध्यक्ष केरसिंह पुन को नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएका हुन् । जसमा अखिल नेपाल टे«ड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य केरसिंह अदै, जातिय समता समाजका केन्द्रिय सदस्य दिल बहादुर वि.क बुद्धिजिवि संघ का जिल्ला सदस्य छन्द बहादुर के.सी लगाएतको सहभागिता रहेको थियो ।

जिल्लाका अन्य पालिकामा पनी भोली बुझाउने कार्यक्रम रहेको र २४ गते जिल्ला प्रशासन कार्यालयमा पनी ज्ञापन पत्र बुझाउने राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here