काठमाण्डाै
भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ ।
तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो ।
श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब छ । तेस्रो तथा अन्तिम एक दिवसीय खेल बुधवार हुनेछ ।
यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिइएको छ ।
वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी–२० र एक दिवसीय श्रृङ्खला जितेको थियो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।