वैकल्पिक शक्ती निर्माणका तुफानी सात वर्ष : एक समिक्षा

सेयर गर्नुहोस्
154Shares

– नारायण खनाल
भुमिका :
हामीले सामान्यतया प्रथम संविधानसभाको निर्वाचन पश्चात विशेषतः दोेस्रो संविधानसभाको निर्वाचन र त्यो संविधानसभाबाट नयाँ संविधान जारी भएपछि, अझ खासमा भन्ने हो भने २०७२ असोज ९ गतेका दिन तत्कालिन नेकपा (माओवादी केन्द्र) मा बरिष्ठ नेताको रुपमा रहनुभएका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यो पार्टीको सम्पुर्ण जिम्मेवारीहरुबाट राजिनामा दिदै, पाँच दशक पुरानो कम्युनिष्ट पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा सँगै देशमा एउटा नयाँ वैकल्पिक राजनितिक शक्तिको निर्माणका लागि विधिवत नयाँ शिराबाट पहल गरी त्यस प्रकारको शक्तिको निर्माण, विकास र विस्तारका निम्ति भगिरथ सक्रिय रहदै आएको गत जेष्ठ ३० गतेका दिन सातौँ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेका छौँ । यो कुरा हाम्रा निम्ति, नेपाली जनताको निम्ति र विश्वभरीका वैकल्पिक राजनितिक अभियान्ताहरुका निम्ति खुसी र गौरवको विषय हो ।

देशमा नयाँ वैकल्पिक राजनितिक शक्तिका निम्ति पहल, निर्माण र विस्तार गर्नुका पछाडि हाम्रो कुनै मनोगत लहड, शनक र रहरको विषय नभएर नयाँ युग र समाजले पैदा गरेका नयाँ प्रकारका चुनौतीहरु समाधान गरी मुलुकको अग्रगामी रुपान्त्रण गर्नु युगिन कार्यभार रहेको थियो । त्यस प्रकारको ऐतिहासिक कार्यभारलाई पुरा गर्नका निम्ति देशको कुनै न कुनै नागरिक अगाडी आउनु नै पर्दथ्यो । त्यसको निम्ति केन्द्रिय नेतृत्व डा.बाबुराम भट्टराईले गरेको भएता पनि नयाँ युग र समाजका लागी थोडा बहुत योगदान गर्न ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताका काँधमा पनि आइप¥यो ।

हामीले २०७३ साल जेष्ठ ३० गतका दिन काठमाण्डौको दशरथ रंगशालामा दुनियाँका २६ देशका राजदुत, देशभित्र रहेका विभिन्न राजनितिक दलका प्रमूखहरु, एक लाख भन्दा बढी नयाँ शक्ति पार्टी नेपालका अभियान्ताहरुको उपस्थितिमा नयाँ परिस्थितिमा नयाँ ढंगले नयाँ विचार र योजना सहित, नयाँ तरिकाले दुनियाँले देख्ने र सुन्ने गरी एउटा धमाकेदार इन्ट्रिसहित ऐतिहासिक, बहुआयामिक र दुरगामी महत्वको युगान्तकारी नेपाली जनतालाई इतिहासको अभूतपुर्व र असाधारण आशावादी बनाउँदै देशको समस्या र सम्भावनाहरुको जिम्मेवारी लिने घोषणा गरेका थियौँ । यस परिघटनाले देशभित्र र देश बाहिरको राजनितिक रंगमञ्चमा एउटा शक्तिशाली भुकम्प नै ल्याइदिएको थियो र त्यसका पराकम्पनहरु वर्षाैसम्म जारी रहे र भविष्यमा पनि रहिरहने छन् ।

माथि पहिला नै भनियो हामीले त्यस प्रकारको युगिन कार्यभारको बिडा उठाउने काम कसैको निर्देशन, व्यक्तिगत आवेग र उत्तेजना वा शत्तामा पुगि हाल्ने मनोगत लहड र शनकको भरमा गरेका थिएनौँ ।

त्यस प्रकारको ऐतिहासिक, बहुआयामिक र दुरगामी महत्वको विशेषत : युगान्तकारी फैसलाको निवं राख्नुभन्दा पहिला देशभित्र र देशबाहिर रहेका, विभिन्न दलभित्र र बाहिर रहेका, विभिन्न संघ संस्था र राजकीय सेवाको क्षेत्रमा रहेका, राष्ट्रिय जीवनका विभिन्न विधामा विषयगत ज्ञान आर्जन गरेका विद्धानहरुको विचमा देशको राजनितिक, आर्थिक सामाजिक र सांस्कृतिक रुपान्त्रणका लागि योग्य नेतृत्व पाएमा आफुमा भएका कला, क्षमता प्रर्दशन गर्ने पवित्र सोँच र सकारात्मक उद्देश्य बोकेका मानिसहरुका बिचमा व्यापक र सघन बहस, छलफल, अन्तक्रिया, विचारगोष्ठी, सेमिनार मात्रै होइन विभिन्न दल र संघ संस्थाभित्र रहेर काम गरिरहेका अभियान्ताहरुको बिचमा स्वस्थ र मैत्रिपुर्ण विचारधारात्मक छलफल गर्दै सोही छलफलका आधारमा सहमत हुने मानिसहरुलाई लिएर नयाँ शक्ति निर्माण अभियानको दर्शन, सिद्धान्त , विचार, राजनिति, संगठनात्मक संरचना, कार्यप्रणाली, कार्यविधि, कार्यतरिकाका अलावा जीवन व्यवहार र आचरणका सवालमा समेत विषयगत विषयवस्तुको तयारी गरिसकिएपछि मात्रै हामीले दशरथ रंगशालाको आयोजना गरेका थियाँै ।

देशमा नयाँ वैकल्पिक राजनितिक शक्तिका निम्ति पहल, निर्माण र विस्तार गर्नुका पछाडि हाम्रो कुनै मनोगत लहड, शनक र रहरको विषय नभएर नयाँ युग र समाजले पैदा गरेका नयाँ प्रकारका चुनौतीहरु समाधान गरी मुलुकको अग्रगामी रुपान्त्रण गर्नु युगिन कार्यभार रहेको थियो । त्यस प्रकारको ऐतिहासिक कार्यभारलाई पुरा गर्नका निम्ति देशको कुनै न कुनै नागरिक अगाडी आउनु नै पर्दथ्यो ।

त्यो भन्दा पहिला हामीले काठ्माण्डौको एस.आर पार्टीप्यालेस चावहिलमा पाँच सय बढी देशैभरिका अगुवा अभियान्ताहरुको राष्ट्रिय भेला २०७२ मंसिर ७ गते गरेका थियौँ । सोही भेलाले नै दशरथ रंगशालामा पार्टी घोषणा सभाको आधारभूमि तयार गरेको थियो र सोही भेलाले डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक प्रस्ताव र कर्तल ध्वनीका साथ अनुमोदन सहित जिम्मेवारी प्रदान गरेको थियो । देशमा त्यस यता नयाँ शक्ति पार्टी नेपालका प्राप्त उपलब्धि, सीमा समस्या तथा कमजोरी र आगामी दिशाका सवालमा समेत सक्षिप्त समिक्षा गर्ने प्रस्तुत लेखको उद्देश्य रहेको छ ।

प्रथम स्थानीय तहको निर्वाचनमा भाग लिनु कमजोरी :

हाम्रो पार्टीको दशरथ रंगशालाको पार्टी घोषणा सभाले पार्टीको कार्यादिशालाई मुलतः पाँच “स” को सिद्धान्त र निति तथा कार्यक्रमको रुपमा अभिव्यक्त गरेको थियो । त्यसको ठीक एक वर्ष नबित्दै भुगोल, गैर भुगोल र अन्तराष्ट्रिय स्तरमा समेत गरी एक सय सातवटा जिल्ला परिषद्, ३१ वटा विभाग, २७ वटा आंगिक संगठन, र पेसागत संगठनको संरचना निर्माण गर्न सफल हुनु सामान्य कुरा थिएन । २००३ सालमा जन्मिएको नेपाली कांग्रेस र २००६ सालमा जन्मिएको नेकपा जस्ता भीमकाय पार्टीहरुले समेत यति छोटो अवधिमा ७५ वटै जिल्लामा पार्टी निर्माण गर्न सकेका थिएनन् । तर हामीले त्यो गरेर देखायौँ र स्थानीय तहको निर्वाचन प्रयोजनका निम्ति ७७ वटै जिल्लामा निर्वाचन आयोगमा समेत दल दर्ता हुनु संचरनात्मक क्षेत्रमा भएको अभूतपुर्व सफलतालाई व्यक्त गर्दथ्यो । त्यो स्थितिमा हामा्रे संगठनात्मक संरचनामा टेकेर हामी तत्काल स्थानीय तहको निर्वाचनमा भाग लिन जाँदै थियौ । तर बिडम्बना नेपाली कांग्रेस र नेकपा एमालेका अलावा आफुलाई क्रान्तिकारी भन्न रुचाउने माओवादीलाई हामीले नेकपा माओवादी केन्द्र छोडेको, कम्युनिष्ट पार्टीको सामान्य सदस्य समेत परित्याग गरेको, लोकतान्त्रिक पार्टीको गठनका लागि अभियान संचालन गरेको, लाखौँ जनसमुदायको उपस्थितिमा नयाँ शक्ति पार्टी नेपालको घोषणा गरेको पटक्कै मन परेको थिएन र उ भित्र भित्रै मुरमुरीएको थियो । त्यसको पुरै रिस उले हामीलाई हामीले मागेको चुनाव चिन्ह ‘आँखा’ दिने प्रश्नमा पोख्यो । उसले नयाँ शक्ति पार्टी नेपालको भ्रुण हत्या नै गर्ने षड्यन्त्र रचेको र प्रतिकुल परिस्थितिमा पार्टीले एकातिर आफुलाई लोकतान्त्रिक पाटी भएको नाताले लोकतन्त्र प्रतिको प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अर्काे तर्फ नयाँ विचार र योजनालाई जनतामा प्रस्तुत गरेर पुराना राजनितिक शक्तिहरुको विकल्पमा नयाँ शक्ति पार्टीको निति तथा कार्यक्रम र नेतृत्वलाई स्थपित गरी राजनितिक श्रेष्ठता कायम गर्नुपर्ने बाध्यता थियो । त्यो प्रयोजनका निम्ति हाम्रो पाटीले तत्कलिन संघीय समाजवादी पार्टी फोरमको चुनाव चिन्ह ‘मसाल’ (लुक्का) लिएर स्थानीय तहको निर्वाचनमा जाने निर्णय ग¥यौ । त्यसरी निर्वाचनमा जाँदा एकातिर तत्कालिन समाजवादी पाटी फोरमसँग व्यापक चुनावी सहकार्यका क्रममा अन्तरघुलन हुँदै जाँदा भविष्यमा दुई पार्टी बिचको धुर्विकरण र पार्टी एकतामा योगदान पुग्ने अर्काेतर्फ स्थानीय तहको निर्वाचनमा वैकल्पिक नेतृत्वलाई देशका धेरै स्थानमा विजयी बनाउने र पार्टी विस्तारका लागि आधार तयार पार्ने रणनिति लिइएको थियो । तर हामीलाई काठमाण्डौँ र हिमाल पहाडका मतदाताहरुले हामीले त्यसरी निर्वाचनको प्रयोजनका निम्ति त्यो पनि बाध्यताले मसाल चुनाव चिन्ह लिएको पटक्कै मन पराएनन् भने अर्काे तर्फ तराई मधेसमा जुन दलको चुनाव चिन्ह थियो, त्यो दलले हाम्रो पार्टीको जहाँ जहाँ सघन उपस्थिति र वर्चश्व थियो, त्यहाँ त्यहाँ हामीलाई आफ्नो चुनाव चिन्हबाट बञ्चित गरेर हाम्रा हात खुट्टा बाधिँदियो । त्यो स्थितिमा भर्खरै जन्मिएको हाम्रो जस्तो पार्टीले अपेच्छाकृत राम्रो नतिजा ल्याउने कुरै थिएन । पार्टीमा व्यापक स्कूलिङ र प्रशिक्षणको कमी, आर्थिक अवस्था कमजोर,प्रचार प्रसारका लागि सिमित समय, आफ्नो मौलिक चुनाव चिन्ह नहुनु, हिमाल पहाड र काठमाण्डौमा मात्र होइन तराइ मधेसमा समेत मसाल चुनाव चिन्ह प्रति आकर्षण घट्दै गएको अवस्था हुनु जस्ता कारणहरुका कारणले पार्टीको पक्षमा अपेक्षाकृत राम्रो नतिजा ल्याउन सकिएन । त्यसको परिणाम स्वरुप पार्टीमा एक प्रकारको भागदौड र निराशाको दौर सुरु भयो । त्यो निर्वाचनमा हामीले न भाग लिने न बहिस्कार गर्ने पार्टीले निति लिएर प्रदेश र संघको निर्वाचन सम्म अभियानलाई जारी राखेको भए एकातिर यस अवधिमा हाम्रो पाटीले पार्टीको निति तथा कार्यक्रम जनतामा सम्प्रेषण गर्ने मौका पाउँथ्यो भने अर्काे तर्फ हामीलाई जनस्तरबाट आलोचना खेप्नुपर्ने मात्र होइन, बदनामीको भारी पनि बोक्नु पर्दैनथ्यो । यस प्रश्नमा हामी मौलिक पहिचान जोगाउने प्रश्नमा पुरै चुकेका छौँ । किन कि नयाँ परिस्थितमा नेपाली जनताले हामीलाई नयाँ विचार सहितिको नेतृत्व देख्न चाहेका थिए ।

परिस्थिति प्रतिकुल जनतामा आम निराशा :

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनताका छोराछोरीहरुले पहिलोपटक आफ्नो भाग्य र भविष्यको फैसला लिदैँ संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेका थिए । त्यो बेला देशका ९० प्रतिशत मानिसहरुको प्रतिनिधित्व गर्ने जनताका प्रतिनिधिहरुले नयाँ संविधान जारी गरेको भएता पनि देशको आधा हिस्सा असन्तुष्ट र दुखी थियो । त्यो संविधानमा कैँयौ सीमा समस्या रहेकै कारण गणतन्त्र नेपालको आगँनमा एकातिर जबरजस्त स्वर थियो भने अर्काेतिर घनिभूत सन्नाटा पनि त्यतिकै थियो । नयाँ नेपालको आगनमा कुन चाहीँ चेहेरा सामुन्य आनउने हो अन्यौल र आशंका व्याप्त थियो । आठ दशक लामो लोकतान्त्रिक आन्दोलनमा राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, र भाषिक दृष्टिकोणले विभेदमा परेका सिमान्तकृत समुदायहरु समेत सडकमा निस्किएर विरोध प्रर्दशन गरिरहेका थिए । ठिक त्यही बेला भारतीय प्रबुद्ध शासकीय वर्गले नेपालको संविधानमा धर्म निरपेक्षता राखेको कुरा पहिले देखि नै मन परेको थिएन । उसले घोषित र प्रकट रुपमा त्यो कुरा नभने पनि मधेस आन्दोलनको कभरमा देशमाथि अघोषित नाकाबन्दि गरेको थियो ।

आठ दशक लामो लोकतान्त्रिक आन्दोलनमा राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, र भाषिक दृष्टिकोणले विभेदमा परेका सिमान्तकृत समुदायहरु समेत सडकमा निस्किएर विरोध प्रर्दशन गरिरहेका थिए । ठिक त्यही बेला भारतीय प्रबुद्ध शासकीय वर्गले नेपालको संविधानमा धर्म निरपेक्षता राखेको कुरा पहिले देखि नै मन परेको थिएन ।

नेपालको शासक वर्गले काठमाण्डौमा विजय उत्सव मनाइरहेको थियो भने असन्तुष्ट पक्षहरुका जायज माग संवोधन गर्ने भन्दा उनीहरु प्रति झनै असहिष्णु बनिरहेको थियो । अर्काे तर्फ छिमेकीहरुसँग सन्तुलित र परिपक्व ढंगले कुटनैतिक संवाद मार्फत समस्याहरुको निरुपण तर्फ लाग्ने भन्दा झनै चर्काे स्वरमा छिमेकीहरुलाई गालिगलौज गरेर राष्ट्रवादी बन्ने पुरानै रोगले ग्रस्त देखिन्थ्यो । त्यही विषम परिस्थितिलाई चिर्दै डा. बाबुराम भट्टराईले तत्काल सक्रिय पहल लिदै पुर्वी नेपालको काकडभिट्टा देखि लिएर पश्चिम नेपालको कञ्चनपुर सम्म पुगेर असन्तुष्ट पक्षहरुसँग सघन संवाद गरी तत्काल राष्ट्रिय एकताको मुलधारमा ल्याउनको निम्ति आफ्नो ज्यान जोखिममा मोलेर तुफानी भ्रमण गरिरहुभएको थियो । देशको उपरोक्त प्रकारको पृष्ठभूमिमा स्थानीय, प्रदेश र संघको निर्वाचनको निम्ति आवश्यक वातावरण बनाउनुपर्ने मुलुकका सामु गम्भिर जिम्मेवारी थियो । तर त्यो निर्वाचन एउटा अत्यन्त जटिल र संक्रमणकालिन अवस्थाका बिचमा भयो । लोकतन्त्रमा निर्वाचन एउटा महाउत्सव जस्तो हुनुपर्दथ्यो । सबैको सहभागिता र समान कानुनी अधिकार बिच हुने निर्वाचन स्वच्छ, निश्पक्ष र धाँधलीरहित, शान्तिपुर्ण वातावरणमा गराउनु राज्यको दायित्व हुन्थ्यो । निर्वाचन अत्यन्त हचुवाको भरमा, राम्रो तयारी बिना, राजनितिक जटिलताहरुलाई यर्थावत राखेर, राज्यसत्ताको व्यापक दुरुपयोग गरेर सरकार अगाडी बढ्ने कुचेष्टा गरिरहेको थियो । देशबासीका अगाडी त्यसका बावजुद पनि निर्वाचनको सामना गर्नु बाहेक कुनै अर्काे राम्रो विकल्प थिएन ।

एमाले–माओवादीसँग चुनावी गठबन्धनमा जानु नेतृत्वको कमजोरी :

हाम्रो पार्टीको लामो र कडा प्रकारको संघर्षको परिणामस्वरुप देशका प्राय : साना राजनितिक दलहरुले समेत प्रदेश र संघको निर्वाचनको प्रयोजनको निम्ति आफ्नै पार्टीको मौलिक चुनाव चिन्ह प्राप्त गर्नुपर्ने माग प्रबुद्ध शासकवर्ग स्ुन्न बाध्य भयो । र हामी २०७४ मंसिर १० र २१ गतेका दिन दुई चरणमा सम्पन्न भएको आम निर्वाचनमा हामी हाम्रै मौलिक चुनाव चिन्ह आखाँ चिन्ह लिएर मैदानमा होमीयौँ । देशमा तत्काल नयाँ शक्ति पार्टी नेपालको भु्रण हत्या गर्न असफल भएता पनि गौडो कुरेर बसेको तत्कालिन नेकपा माओवादी केन्द्रले सके नयाँ शक्ति पार्टी नेपाललाई गर्भ मै तुहाइदिने, त्यो सम्भव नभए र बच्चा जन्मिहाले हत्या गरिदिने, त्यो पनि सम्भव नभए डर, त्रास, भय र आतंक खडा गरेर त्यसको स्याहार सुसार र हुर्कनबाट बञ्चित गर्ने, त्यो पनि सम्भव नभए राजनितिक पासो थापेर नेतृत्वलाई नै समाप्त पारिदिने दाउमा रहेको खप्पिस खेलाडीहरुले हाम्रो पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई तथाकथित वामपन्थी शक्तिहरुको संयुक्त चुनावी मोर्चामा बोलाएर तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिचमा हुन गइरहेको पार्टी एकतामा झण्डै हस्ताक्षर गराउने र फसाउने षड्यन्त्र छरपस्ट भयो । त्यो कुराको अग्रीम सूचना नपाएका डा. भट्टराईले उक्त गठबन्धमा आफु सिर्फ चुनावी तालमेलका लागि मात्र आएको भनेपछि उनीहरुको षड्यन्त्र चकनाचुर हुन पुग्यो । यसरी तत्काल नेतृत्व जोगिएको भए पनि उनीहरुले आयोजना गरेको पत्रकार सम्मेलनको योजनाको अन्र्तवस्तु र अन्र्तसम्बन्धको बारेमा सांगोपाङ्गो नबुझिकन मुख्य नेतृत्वलाई पठाउनु तत्कालिन नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय कार्यालयको कमजोरी भएको र त्यो प्रकारको कमजोरी कै कारण मुख्य नेतृत्व सार्वजनिक हुनुले तत्काल जनतामा पार्टीलाई हेर्ने बुझ्ने र विश्लेषण गर्ने धारणमा भारी परिवर्तन भएको, त्यसलाई एमाले–माओवादीहरुले अतिरञ्ति ढंगले बदनाम गर्ने गरी कुप्रचार गरे कै कारण हाम्रो पार्टीलाई केहि हदसम्म नोक्सान भएको थियो । त्यसको बावजुद पनि हाम्रो पार्टीले संघको निर्वाचनमा प्रत्यक्ष तर्फ ८१ हजार ७ सय ८६ र प्रदेश सभा तर्फ ८८ हजार १ सय ९९ मत प्राप्त गर्न सफल भएको थियो भने संघमा १ सिट र प्रदेश सभामा ३ सिटमा विजय हासिल गरेको थियो । देशमा अप्रत्यासित र आश्चर्यजनक ढंगले एकातिर तथाकथित वामपन्थी चुनावी गठबन्धनको आँधी, हुरी, तुफान र पुराना शक्तिहरुका ज्वारभाटाहरुसँग जुध्दै, भिड्दै, लड्दै अर्काेतर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बौद्धिक स्थापित व्यक्तित्व डा. बाबुराम भट्टराईले पार्टी बनाइ हाल्छ, हामी सेट भइहाल्छौ, भनेर काठमाण्डौमा झोला थापेर बसेका पार्टीभित्रका अवसरवादी तप्काको पुरै असहयोगका बावजुद त्यस प्रकारको नतिजा प्राप्त हुनु सुखद नै मान्नु पर्दछ ।

यस अवधिमा पार्टी भित्र देखा परेका प्रतिनिधिमुलक प्रवृतीहरु :

दुनीँयामा जगजाहेर भएको कुरा त यो हो की २०७३ साल जेठ ३० गतेका दिन काठमाण्डौको दशरथ रंगशालाबाट एउटा विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनितिक दल निर्माण गर्ने उद्देश्य सहित हामीले नयाँ शक्ति पार्टी नेपालको घोषणा गरेका थियौँ । त्यो घोषणा सभाको ऐतिहासिक क्षणमा, एउटा उत्साहका साथ, एउटा उमंगका साथ, एउटा नयाँ विश्वासका साथ, नयाँ युग र समाजको नेतृत्व र राष्ट्रिय संकल्प र फलामे इरादाका साथ लाखौँ जनसमुदायको उपस्थितिमा सामुहिक सफथ खादैँ पार्टीमा आधारभूत सिद्धान्त र निति तथा कार्यक्रमको रुपमा पाँच स को उद्धघोष गरेका थियौँ । पार्टी एउटा सेटमा, संगतिपुर्ण र लामो कष्टसाध्य साधनाको पर्वत शृङ्खला पार गरे र नै त्यसले जनताको अपार विश्वास आर्जन गर्ने, त्यस प्रकारको जनमतलाई भौतिक शक्तिमा बदल्ने र त्यसको नेतृत्वदायी भुमिकामा रहेका अभियान्ताहरुले मुलुकको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्त्रणमा योगदान दिने परिस्थित तयार हुँदै गइरहेको थियो । एक दुईवटा निर्वाचनमा प्राप्त नतिजाहरुले हाम्रो पार्टीको भाग्य र भविष्यको फैसला गर्नेवाला थिएन । तर बिडम्बना निर्वाचन पश्चात हाम्रो पार्टीमा माथि पहिला नै भनियो आम निराशा, भागदौड र पलायनको दौर सुरु भयो । कतिपय पाटीभित्र नेतृत्व नै कब्जा गरेर बसेका छद्धमभेसी अवसरवादीहरु तथाकथित धुर्विकरणको नाममा पार्टी नै कब्जा गर्ने र उद्धेश्य र अभिप्राय सहित योजनाबद्ध पैताल दखि टुप्पिसम्मको जोड बल लगाए र केही थान मानिसहरु लिएर पुरानै राजनितिक शक्तिहरुमा फर्किए । त्यसको बावजुद पनि तत्कालिन नयाँ शक्ति पार्टी नेपालको जिम्मेवार तहमा बसेर सक्रिय भुमिका निर्वाह गरेका तर नेतृत्वको नजरमा कहिल्यै नपरेका इमान्दार अभियान्ताहरुले यस संकटको घडीमा सतिसाल झैँ उभिएर फेरी एकपटक आफुलाई सत्यको बाटोमा एक्लै भए पनि हिड्ने संकल्प र प्रतिबद्धता मात्र होइन नयाँ परिस्थितमा नयाँ शक्ति पार्टी नेपालको विकल्प अझ उन्नत प्रकारको र धेरै राम्रो नयाँ शक्ति बनाउनुपर्ने कुरामा जोड दिएका थिए । यस अवधिमा १६ वटा भन्दा बढी संघीय परिषद्का बैठक, दुई दर्जन भन्दा बढी केन्द्रिय कार्यकारी समितिका बैठक सम्म आइपुग्दा पार्टीको केन्द्रिय कार्यकारी समितिमा रहेका, पार्टी संयाजकले अत्याधिक विश्वास गरेका चार दर्जन भन्दा बढी केन्द्रिय कार्यकारी समितिका सदस्यहरु एक एक बहाना गरी पार्टी बाट बाहिरिएका थिए । मुख्य कुरा यस अवधिमा पार्टीमा देखा परेका विभिन्न प्रकृतिका चिन्तन, प्रवृति र पात्रहरुका सवालमा यहाँ विमर्श गर्नु उपयुक्त नै हुने छ ।

विश्व प्रसिद्ध रुसी साहित्यकार लियो टाल्स टायले एक ठाउँमा भनेका रहेछन्–सबैजना संसार बदल्न चाहन्छन, तर आफुलाई बदल्न कोही पनि चाहदैन ।

पहिलो प्रकारको प्रवृती नयाँ शक्ति पार्टी नेपालको घोषणा पुर्व, नयाँ शक्ति निर्माण अभियानको थालनी भन्दा पनि पुर्व हाम्रो पार्टीमा वैकल्पिक शक्तिको जीवनका प्रत्यक क्षेत्रमा, त्यो भनेको पार्टीको दर्शन, सिद्धान्त, विचार, राजनिति, संगठनात्मक संरचना, कार्यशैली, कार्यप्रणाली, कार्यविधि मात्रै होइन बैठकका एजेण्डा सेटिङ्, बैठक कक्ष, बैठक संचालन, बैठकमा बोल्ने वक्ता, वक्ताको छनोठ, राख्नुपर्ने विषयवस्तुहरु, खानपान देखि लिएर बसाइउठाइका अलावा परिवार, समाज र जनतामा जाने मोडल नै नयाँ, मौलिक नयाँ ढंगले प्रस्तुत हुने विषय व्यापक र सघन छलफल भइ टिम स्पिड कायम भएको थियो । त्यो अवस्थामा कुनै पनि अभियान्तको सुख सुविधा, भोग विलास, ऐस आराम, पद प्रतिष्ठा, सामान्य र विशिष्ठ मानिस भन्ने कुरै थिएन । महाधिवेशन नुहन्जेल सम्मका निम्ति सिर्फ एउटा मात्र पद सिर्जना गर्ने र त्यो पनि संयाजकको , र त्यो संयाजकमा डा. बाबुराम भट्टराई रहने सुनिश्चित भएको थियो र पार्टीका केन्द्रिय अभियान्ताहरुका निम्ति विभिन्न विभागहरुको सिर्जना गरेर विभागीय जिम्मेवारी लिने सहमति भएको थियो । तर हजार कोशिस गर्दा पनि पुरानै राजनितिक शक्तिहरुले अहिलेसम्म अवलम्बन गर्दै आएको मुल्य मान्यता, संस्कार संस्कृतिको भद्धा संस्करण बारमबार दोहोरिरहयो । त्यो पनि केन्द्रिय हेडक्वाटरमा बसेका अभियान्ताहरुबाट ।

आर्थिक अपारदर्शिताको समस्या पनि यस अवधिमा ज्यादै डरलाग्दो गरी देखा प¥यो । देशका उद्योगी व्यापारिहरुका अलावा अन्तराष्ट्रिय भाईचारा संगठनहरुले नेपालमा असल राजनितिका लागि लगानी गर्नका निम्ती पार्टी निर्माणको पहिलो वर्ष मै पाँच वर्ष भन्दा बढी समय अवधि पुग्ने गरी आवश्यक सहयोगार्थ रकम उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । सो रकम उनीहरुले आफुनो प्रतिबद्धता अनुरुप डेटलाइन र टाइमलाइन अनुसार पठाउन समेत सुरु गरेका थिए । उक्त रकम संस्थागत गर्ने भनिए पनि त्यो रकम संस्थागत कम व्यक्तिगत अर्थाेपार्जन गर्ने पुरानै रोग पार्टीमा देखा पर्याे । त्यो कुराको पोल खुलेपछि कैँयौँ मानिसहरु आफ्से आफ् साइड लाग्ने प्रक्रिया सुरु भयो । त्यो स्थिति देखेपछि राष्ट्रिय पुँजीपति वर्ग र अन्तराष्ट्रिय भाइचारा संगठनहरुले क्रमशः सहयोगार्थ रकम पठाउन/दिन बन्द गर्दै गए ।

कतिपय केन्द्रिय तहका अभियान्तहरुले हामी ६० काट्यौँ, बुढो भयौँ, यो पार्टी कहिले बन्ने हो, कहिले सत्तामा जाने हो, त्यतिबेला सम्म हामी धेरै बुढो हुन्छौ, त्यसैले नयाँ पार्टीका लागि मेहेनेत गर्न सकिदैन । बन्छ की भनेर लागेको, नबन्ने देखियो । अब बनिबनाउ पार्टीमा जाने र सेट हुनुको विकल्प छैन । यो खालको चिन्तन, प्रवृति र पात्रको संख्या त्यो बेला हाम्रो पार्टीमा बाक्लै थियो ।

पार्टीमा एकातिर तत्कालिन नेकपा माओवादीबाट आएका अभियान्ताहरुको उपस्थिति थियो भने अर्काे तर्फ राष्ट्रिय जीवनका विभिन्न विधामा विषयगत ज्ञान हासिल गरेका ख्यातिप्राप्त विद्धानहरुको उपस्थिति थियो । यसका अलावा नयाँ युग र समाजको नेतृत्वदायी भुमिका निर्वाह गर्न उत्साहका साथ सहभागी भएको नयाँ युवा पुस्ताको हाम्रो पार्टीमा बाक्लो उपस्थिति थियो । यी तीन प्रकारका मानिसहरुको रुचि,विषयगत ज्ञान र क्षमता, चाहना अनुरुपको जिम्मेवारी समयमै विन्यास गरेर उनीहरुको रेखदेख तथा कामको प्रबन्ध नहुँदा पार्टी वास्तवमा गफास्टिकहरुको चौतारो जस्तो बन्न पुगेको थियो । यसले गर्दा पार्टीमा अनावश्यक आरोप प्रत्यारोप, व्यागबाइटिङ र अनावश्यक किचलो सुरु भएको थियो ।

पार्टीले तत्काल ५ स को सिद्धान्त प्रतिपादन गरेको भएता पनि यसको अन्र्तवस्तु तथा अन्र्तसम्बन्धलाई ठीकसँग बुझ्न नसक्दा र समग्रलाई पक्रने भन्दा अंश अंश टिपेर त्यसैलाई सैद्धान्तिकृत गर्न प्रवृति पनि जबरजस्त थियो ।

पार्टी घोषणा पश्चात विभिन्न मिति र समयमा नयाँ शक्ति पार्टी नेपाल प्रति सहमत भएर धुव्रिकरण वा एकताको माध्यमबाट सहभागी भएका नयाँ मानिसहरुले प्रथमतः नयाँ शक्ति पार्टी नेपालको निति तथा कार्यक्रम बुझ्नै चाहेनन् । उनीहरुले बजारमा अरु राजनितिक दलहरुजस्तै एक थान राजनितिक दोकानको रुपमा लिए र आफ्नो निजी स्वार्थ पुरा गर्ने भरपुर प्रयत्न गरे । यो स्थितिले गर्दा जनतामा यीनिहरुपनि उस्तै उस्तै हुनकी भन्ने गहिरो छाप परिरहेको थियो ।

विश्व प्रसिद्ध रुसी साहित्यकार लियो टाल्स टायले एक ठाउँमा भनेका रहेछन्–सबैजना संसार बदल्न चाहन्छन, तर आफुलाई बदल्न कोही पनि चाहदैन । भन्ने भनाई हाम्रो पार्टीका संयोजक डा. बाबुराम भट्टराई बाहेकका सबै अभियान्ताहरुमा यो कुरा हुबहु लागु भयो । यी नै ति यस्ता आन्तरिक र बाह्य ऐतिहासिक कारणहरु थिए, जसले पार्टीको मुल नेतृत्वलाई यतिधेरै मानोवैज्ञानिक दबाबको मनोदशामा धकेलिदिएको थियो कि, अब पार्टीलाई तत्काल विघटन गरी नयाँ परिस्थितमा पुनः नयाँ ढंगले नयाँ मानिसहरु लिएर राष्ट्रिय अभियान संचालन गर्ने वा राजनिति र विचार मिल्ने दल र समुहहरुसँग केही क्षेती मोलेर भए पनि धु्रविकरण र एकताको प्रक्रियामा प्रवेश गराउने ।

फोरम र राजपासँगको एकता प्रतिपादक :

२०७७ बैशाख २३ गतेका दिन तत्कालिन नयाँ शक्ति पार्टीै नेपाल र संघीय समाजवादी पार्टी फोरम बीच एकता भई एकता पछि बनेको समाजवादी पार्टी नेपालको २०७८ बैशाखा ११ गते तत्कालिन राजपा सँग भएको एकता पश्चात जनता समाजवादी पार्टी नेपालको निर्माण र घोषणा भएको थियो । त्यस प्रकारको एकताको उद्देश्य तत्कालिन नयाँ शक्ति पार्टी नेपालले परिकल्पना गरेको नयाँ र वैकल्पिक राजनितिक शक्तको निर्माण, विकास र विस्तार गर्ने उद्देश्य लिएर नै केन्द्रित रहेको थियो । त्यो उद्देश्यबाट हामी कति.पनि विचलित थिएनौ र हामी हाम्रो मिसनमा दत्तचित्त भएर पहिले भन्दा अझ सक्रियताका साथ पार्टीका नेता तथा कार्यक्रता र आम जनसमुदायलाई समेत रुपान्त्रण गर्दै तेस्रो धुव्र निर्माणको दिशामा अग्रसर रहेका थियौँ । अर्काे शब्दमा उल्लेख गर्नुपर्दा कौवाको गुँडमा कोइलीका फुल, उसले थाहा नपाउने गरी प्रवेश गराउने (नयाँ शक्ति पार्टी नेपालको दर्शन, सिद्धान्त, विचार, राजनिति, नेतृत्व र संगठन) कौवाले आफ्नै फुल सम्झेर बच्चा कोरल्छ र बचेराहरुलाई आफै उडाउँछ र हाम्रो मिसन पुरा हुन्छ भन्ने लागेको थियो । तर कोईलीका फुल नै कौवाले फुटाल्ने र भुण हत्या हुने खतरा देखियो । यतिबेला पार्टी भित्र सयौँ गुटहरु रहेका छन् । ति गुटहरु एक आपसमा अन्तरक्रिया र सघर्षरत छन् । प्रत्येक गुट राजनिति सुरक्षाका लागि लालाईत छ । पार्टी भित्रका प्रत्येक मानिसहरुले आफुलाई राजनिति रुपमा महसुस गरि रहेको छ । मुल नेतृत्व अक्रमण्यता र अनिर्णयको बन्दी बनि रहेको छ । पार्टीको सम्रग जनजिवन प्यारालाइसेस भई रहेको छ । एउटा नयाँ र बैकल्पिक भनिएको राजनिति दल भित्र यस्तो स्थिती लामो समय सम्म रहीँ रहनु भनेको पार्टी जिवनका निम्ती बिल्कुलै राम्रो कुरा होइन् । हुन त तराइ मधेसमा क्रियाशिल तत्कालिन राजपा र फोरमका अलावा कैँयौँ सानाठूला दलहरु थिए र छन् । ति दलका आफ्नै सीमा समस्या र बाध्यताहरु थिए र छन् । ति दलहरु राष्ट्रिय विकल्पका रुपमा विकसित हुने नै होइनन् । उनीहरुको विवेक र तागतले धान्ने कुरा पनि थिएन । स्थानीय स्तरमा यी दलहरुको आफ्नै मौलिक पहिचान भए पनि यी दलहरुले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता राष्ट्रिय पार्टीहरुलाई विकल्प दिन सक्दैनन् र उनीहरुले राष्ट्रिय राजनितिक दलको रुपमा प्रस्तुत हुने जोखिम पनि मोल्दैनन् भन्ने कुरा पनि स्पष्ट नै थियो । यदी उनीहरुले कथमकदाचित त्यस प्रकारको जोखिम मोले भने उनीहरुको आफ्नो अस्तित्व समेत समाप्त हुने खतरा बरकरार थियो । नेपालको राष्ट्रिय राजनितिमा चार दशक भन्दा बढी समय विताएका सन्त नेता महन्त ठाकुरले समेत केही समय पहिला राष्ट्रिय राजनिति परित्याग गरेर क्षेत्रीय राजनितिको हाँगो समाउन आइपुगेका थिए । त्यो बेला अरु पनि कैँयौँ नेता राष्ट्रिय राजनितिबाट बाहिरिँदै क्षेत्रीय र स्थानीय राजनितिमा प्रवेश गरेका थिए । हामी यो सबै कुरा जान्दा जान्दै पनि ति दुबै शक्तिहरुलाई सचेत प्रकारको प्रयत्नद्धारा रुपान्त्रण गर्दै माथि उठाउन खोजेका थियौँ । तर क्षेत्रीयतावादी संकिण सोचकै कारण उनीहरु वैचारिक दृष्टिकोणले माथि उठ्नै सकेनन् । त्यसरी उनीहरु माथि उठ्न नसक्नुका पछाडि मुलतः ती दुबै पार्टीको नेतृत्वको वर्गाीय आधार ः तराई मधेशका खुङखार सामान्त, जमिनदार, इजारेदार पुँजीपति वर्ग, दलाल तथा नोकरशाही पुँजीपति वर्ग, समग्रमा आसोपासे पुँजीवादको नियन्त्रण, निगरानी, संरक्षकत्व हुनुनै उनीहरुको कमजोरी हो । यदी उनीहरु स्थानीय, प्रादेशिक वा इलाकीय राजनितिबाट माथि उठेर राष्ट्रिय राजनितिको रंगमञ्चमा अगाडी बढेमा उनीहरुको आफ्नै अस्थित्व समेत खतरामा पर्ने हुँदा नयाँ वैकल्पिक राजनिती यति बेला एक प्रकारले बेवारीसे जस्तै बन्न पुगेको छ । अर्को शब्दमा भन्नु पर्दा न राष्ट्रिय पार्टी, न नयाँ, न शक्तिको स्थितिबाट गुज्रीरहेको कुरा जगजाहेर छ । यसर्थ ः अब हामीले ढिला नगरि किन पार्टीको नेतृत्व, बिचार, संगठानत्मक संरचना, जिवन व्यवहार र आचारणको सभालमा समेत निर्मता पुर्वक समिक्षा गर्ने पटक्कै ढिलाई गर्न हुदैन् ।

यदि हाम्रो पार्टीको मौजुदा नेतृत्व रुपान्तरण हुन् तयार हुदैन् भने ऊ सँग हामीले तत्काल सम्बन्ध विच्छेद गरी हाम्रो बिचारमा सहमत हुनेहरुलाई लिएर अगाडी बढ्नुको बिकल्प छैन् । किनकि दुनियाँमा विज्ञान र प्रविधिको यस अवधिमा भएको अभुत पुर्व आविस्कार र विस्तार, सुचना र सञ्चारको क्षेत्रमा भएको अभुत पुर्व आविस्कार र विस्तारले राजनितिमा समेत हामीलाई नयाँ ढगंले सोच्न बाध्य तुल्याएको छ । यति बेला देशका प्राय ः सबै जसो राष्ट्रिय राजनिति दलहरु बिघटन र बिसर्जनको सँघारमा रहेका छन् । अन्तराष्ट्रिय सम्बन्ध भताभुग जस्र्तै छन् । देशको अर्थतन्त्र डामाडोल छ । नेपाली समाज र परिबार समेत यति बेला विघठन दिसामा उन्मुख छ । देशको कर्मचारीतन्त्र नक्कली जस्तै देखिन्छ । नेपालका सार्वभौम मतदाताहरुको रुझान फेरीएको छ । नेपाली समाजमा दिन प्रति दिन नयाँ नयाँ समस्याहरु उद्घाटीत भई रहेका छन् । किसान र मजदुर वर्गको चेतनामा भारी वृद्धि भएको छ । देशको शासक वर्ग इतिहासकै अयोग्य, असफल र असक्षम अलावा नालायक सावित बन्दै गएको छ । यसले गर्दा नयाँ वैकल्पिक राजनितिको औच्त्यता, प्रसँग र आवश्यकता पहिले भन्दा झनै बढेर गएको छ ।

हामीले पाचँ ‘स’ को रुपमा सुत्रबध्द् गरेको समता मुलक समृद्धि, समावेशि÷समानुपाति र सहभागिता मुलक लोकतन्त्र, सुशासन सदाचार, स्वाधिन्ता र सार्वभौमिकता, समुन्त समाजवाद बैकल्पिक राजनितिको मुख्य आधार हो । देशलाई अझ उन्नत लोकतन्त्र, सुशासन र समावेशी विकास र समृद्धि दिने अभियानको अविभारा हामीले बोक्नै पर्दछ । हामीले ठोस परिस्थीतीको ठोस विश्लेषणमा आधारित निर्मम राजनैतिक सघर्षको मैदानबाट दौडने सहास र आट गर्नै पर्दछ ।

निष्र्कष :
तत्काल जसपा नेपालको नेतृत्व, विचार, संगठन र सबै अभियान्ताहरुको जिवन व्यवहार र आचारणको सवालमा नयाँ परिस्थीतीमा नयाँ ढंगले परिभाषित गर्न आवश्यक छ । पार्टीमा रुपान्तरण हुन् नसक्ने अभियान्ताहरुलाई सम्मान जनक विदाई गर्नुको बिकल्प छैन् । पार्टीमा वर्तमान मुखि योजनामा आधारित मानविय खुसि प्रबर्धन गर्ने शुसासन र आर्थिक विकासको योजनाको राजनिति आवश्यक छ । यदि हामीले यो काल तत्काल गर्न सकेनौँ भने एमाले नेता घनाश्याम भुसालको शब्दमा हाम्रो सत्यनाशलाई दुनियाँको कुनै पनि तागतले रोक्न र छेक्न सक्ने छैन् । स्थानीय तहको निर्वाचन २०७९ मा हाम्रो पक्षमा जे जस्तो नतिजा देखा परेको छ, यसलाई देखेर काठ्माण्डौ, हिमाल पहाडले मात्र होइन तराई मधेशले समेत हामीलाई सम्भवत : आगमी पाचँ वर्षका लागि सन्चो बिसन्चो सोध्ने कुरा त परै जाओस् चिया पानि पनि सोध्ने छैनन् । यसर्थ आफ्नो टाउँकोमा आफै आगो सल्काउ र हामीले प्रतिपादन गरेको नयाँ विचारका साथ एक पटक सबै जराकजुरुक्क उठौँ र अगाडी बढौँ । हाम्रो भविस्य हाम्रा हातमा छ ।

लेखक : जसपा नेपालका केन्द्रिय सदस्य हुनुहुन्छ ।

email :khanalnarayan999@gmail.com

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here