प्यूठानको माण्डवी गाउँपालिकामा आगलागी जलेर नष्ट

प्युठान । प्यूठानको माण्डवी गाउँपालिका ३ स्याउलेघारी बस्ने विष्णु सुनारको घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।

घरमा जडित विजुलीबाट करेन्ट सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा घरको २ वटा कोठा पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले ब्ुधबार जानकारी दिएको हो ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया