११३ वटा कछुवासहित एक पक्राउ

काठमाडौं । प्रहरीले वीरगन्जबाट १ सय १३ वटा कछुवासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

बाराको कलैया उपमहानगरपालिका(७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार वीरगञ्ज महानगरपालिका(१६ इनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १ सय १३ वटा कछुवासहित टेमानीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले भारतबाट नेपालतर्फ अवैध रूपमा कछुवा ल्याउँदै गरेको भन्ने गोप्य सूचना पाएको थियो।

सोही आधारमा प्रहरीले बिआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा टेमानीको झोलामा लुकाइ ल्याउँदै गरेको उक्त कछुवासहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले टेमानीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको जनाएको छ।

प्रतिक्रिया