आफनै आधार ईलाका रहेको घरमा पराजित भए बिप्लवका उम्मेदवार

कपिलवस्तु । नेत्रविक्रम चन्द (विप्लव)को आधार ईलाका तथा घर रहेको कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा उनकै उम्मेदवार पराजित भएका छन ।
तत्काली शिवगढी र अहिलेको शिवराज नगरपालिका– ९ मा बिप्लव पार्टीका भए पनि स्वतन्त्र उम्मेदवारी दिएका माल बहादुर घर्तिमगर चुनाव हारेका हुन । सो वडामा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिई पुतली चुनाव चिह्नबाट लडेका उनी तेश्रो भए । उनले उनले ५ सय १७ मत पाएका थिए । सो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।
वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त गरे ।वडा सदस्य तर्फ माओवादी केन्द्रका जोख बहादुर पुन र राम नरेश थारुले निर्वाचन जित्दा विप्लवका स्वतन्त्र उम्मेदवार रमेश चौधरी र विजयविक्रम शाह तेस्रो भए ।
त्यसैगरी माओबादी केन्द्रकी लक्ष्मी भट्टराईले महिला सदस्य जित्दा विप्लव नेतृत्वको नेकपाकी स्वतन्त्र उम्मेदवार सविता कुमारी घर्ति दोस्रो बनिन् ।दलित महिला सदस्य तर्फ माओवादी केन्द्र कै सरिता विकले चुनाव जित्दा एमालेकी फुलमाया सुनार दोस्रो र नेकपाकी स्वतन्त्र उम्मेदवार शान्ति दमाई तेस्रो भइन् ।
शिवराज नगरपालिकामा विप्लव नेतृत्वको नेकपाबाट भेषराज भुसालले नगर प्रमुख पदमा उम्मेदवार छन् । सोही वडाको शिवगढीस्थित भगवानपुरमा नेत्र विक्रम चन्द (विप्लव) को घर र पार्टी केन्द्रिय कार्यालय समेत छ । २०७४ को स्थानीय तहको निर्वाचनमा सो वडा माओवादीले जितेको थियो ।

प्रतिक्रिया