कपिलवस्तुको १४ वडाको चुनावी नतिजा : कस्ले कहाँ जित्यो (सूचिसहित)
कपिलवस्तु । कपिलवस्तुका ९ पालिकामा भएको निर्वाचनमा सबै पालिकामा धमाधम मत गणनाको काम भइरहेको छ । सुस्तगतिमा चलेको मतगणनाले सबै पालिकाको परिणाम आउन अझै केही दिन लाग्ने पक्का पक्की छ ।
यद्यपि आइतबार साँझसम्म कतिपय पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक भएको छ । नतिजा आइसकेको वडाहरुमा कांग्रेस र एमालेले बराबर वडा जितेका छन् । जसपा र राप्रपाले खाता खोलिसकेका छन् ।
मायादेवी र शुघोधन गाउँपालिकामा आइतबार साँझसम्म कुनै वडाको मत परिणाम आएको छैन् । महाराजगंज नगरपालिकामा भने ३ गते भोली निर्वाचन हुँदैछ।
कांग्रेसले जितेका वडाहरु
शिवराज नगरपालिकाको वडा नं. ११
शिवराज नगरपालिकाको वडा नं. २
कपिलवस्तु नगरपालिकाको वडा नं. १२
बुद्धभूमि नगरपालिकाको वडा नं. १
वाणगंगा नगरपालिकाको वडा नं. ११
वाणगंगा नगरपालिकाको वडा नं. १
एमालेले जितेका वडाहरु
शिवराज नगरपालिकाको वडा नं. १
विजयनगर गाउँपालिकाको वडा नं. १
विजयनगर गाउँपालिकाको वडा नं. ७
यशोधरा गाउँपालिकाको वडा नं. १
यशोधरा गाउँपालिकाको वडा नं. २
कपिलवस्तु नगरपालिकाको वडा नं. २
जसपाले जितेका वडा
कपिलवस्तु नगरपालिकाको वडा नं. १
राप्रपाले जितेका वडा
कृष्णनगर नगरपालिका वडा नं. १
प्रतिक्रिया