काठमाडाैं
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दोलखाको एक मतदान केन्द्रबाहेक देशका सबै मतदान शुरु भएको बताएका छन् ।
मतदान शुरु भएपछि लोकान्तरसँग कुरा गर्दै थपलियाले देशभर उत्साहपूर्वक मतदान चलिरहेको जानकारी दिए ।
दोलखाको गौरीमुखी मतदान केन्द्रमा प्रतिनिधि उपस्थित नभएकोले मतदान ढिलो भएको जानकारीमा आएको थपलियाले बताए । त्यहाँ पनि केहीबेरमा मतदान शुरु हुने उनको भनाइ छ ।
७५३ स्थानीय तहका पदाधिकारी चयनका लागि शुक्रवार बिहानैदेखि मतदान शुरु भएको छ ।
मतदान सकिएलगत्तै शुक्रवार नै मतगणना शुरु हुने थपलियाले बताए ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।