काठमाण्डौ । पालिका चुनावको लागि देशभर उत्साहजनक रुपमा मतदान भैरहेको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेका तीन वटै मतदान स्थलका सबै मतदान केन्द्रमा बिहान सात बजे देखि मतदान सुरु भएको छ । नागरिकहरुको उत्साहजनक सहभागिताका साथ मतदान सुरु भएको हो । मतदानका लागि नागरिकहरु बिहान ६ बजे देखि नै मतदान स्थलमा पुगेका थिए ।
चुनावलाई मौसमले पनि साथ दिएको छ । दिउँसोसम्म कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद वरुण पौडेलले बताउनुभयो ।
दिउँसोपख केही ठाउँमा हल्का पानी परे पनि मतदानलाई असर गर्ने गरी ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । हावाहुरी चल्ने सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो ।
मौसम सफा भएकाले धेरै मतदाता मतदानको लागि बिहानै मतदान केन्द्रमा पुगेका हुन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।