दाङ
दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एक मतदान केन्द्र सारिएकाे छ । उपमहानगरकाे वडा नम्बर ५ को अरनिको मैदानमा रहेको मतदान केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको छ ।
आज बिहीवार राजनीतिक दलसँगकाे सर्वदलीय बैठकपछि यस्ताे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।
अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।