बाणगंगा ९ मा जनमोर्चाका उम्मेदवारको समर्थन स्वतन्त्र उम्मेदवार बेल्वासेलाई

सेयर गर्नुहोस्
79Shares

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ९ जनमोर्चाका उम्मेद्वार राम प्रसाद चालिसे लगाएतको टिमले संयुक्त गठबन्धनका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वार कुमार मधु बेल्वासे लगाएतको टिमलाई सहयोग गर्ने भएको छ । आज मंगलबार भएको दुवै पक्षको सम्झैता अनुसार जनमोर्चाका उम्मेद्वारको टिमले बेल्वासे लगाएतको टिमलाई सहयोग गर्ने भएको हो । बाणगंगा वडा न. ९ मा भएको संयुक्त विज्ञप्तीमा भनिएको छ आज मिति २०७९ साल ०१ महिना २७ गते कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वाड नं ९, अन्र्तगत राष्ट्रिय जनमोर्चा, तथा नेकपा (माओबादी केन्द्र) पार्टी बिचमा भएको सहमति भएको छ ।

जस अनुसार यस वाड नं ९, भित्र हुन गहिरहेको आसन्न स्थानिय निर्वाचनमा आ– आफ्नो पार्टि बाट खडा गरिएका उम्मेद्वारको बिचमा गरिएको प्रतिस्पर्धा हुँदा दुवै पार्टीलाई हुने नोक्सानीलाई मध्यनजर गरि आजका मिति देखी राष्ट्रिय जनमोर्चाको तर्फ बाट चुनाबि मैदानमा आउनुभएका वडा अध्यक्ष पदका उम्मेद्वार श्री राम प्रसाद चालिसेले आफनो उम्मेद्वारीलाई स्थगीत गर्नु भएको छ ।

संयुक्त गठबन्धन केन्द्रकोे निर्णय बमोजीमको यस वडा नं ९ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्धावर कुमार मधु बेल्वासे सहितको संयुक्त गठबन्धन टिमलाई सहयोग गर्ने जनाईएको हो । यस्तै नेकपा (माओबादी केन्द्र)ले गरेको पुर्व निर्णय बमोजिमको नगरपालिका भित्रका संयुक्त गठबन्धनका उम्मेद्वारलाई समर्थन गरि दुवै पार्टीका जिम्मेबार ब्याक्तिको निर्णय बमोजिम यो सहमति गरिएको माओवादि केन्द्र बाणगंगाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।