चर्चित युट्युव च्यानल बुढासुब्बा डिजिटल’ फेरि ह्याकरको कब्जामा

सेयर गर्नुहोस्
33Shares

काठमाडौं । नेपालको चर्चित युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल’ फेरि ह्याक भएको छ । ह्याकसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् ।

ह्याकरले च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सीको प्रचार गर्ने भिडिओ लाइभ गरेका थिए । युट्युव च्यानलमाथि अनधिृकत पहुँचबारे अनुसन्धान भइरहेको र पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको कम्पनीले जानकारी दिएको छ ।

बुढासुब्बाका अन्य दुई युट्युव च्यानल ‘बुढासुब्बा डिजिटल मुभिज’ र ‘बुढासुब्बा सङ्स’ भने सुरक्षित छन् ।

सन् २०१२ मा सुरु भएको यो युट्युव च्यानललाई ५५ लाख बढीले सब्सक्राइब गरेका छन् । याे च्यानल नेपालकै सबैभन्दा सब्सक्राइबर धेरै हुने च्यानलमा दोस्रो स्थानमा छ ।

दुई वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युव च्यानल ह्याक भएको थियो

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।