सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्सले बाड्यो १५ लाख बराबरको स्वास्थ्य सामग्री

सेयर गर्नुहोस्
730Shares

राधा पाण्डे
सामाजिक उत्तरदायित्व अन्तर्गत नेको इन्सुरेन्स लिमिटेडले १५ लाख बराबरको स्वास्थ सामग्री बितरण गरेको छ । आज नेको इन्सुरेन्स जितपुर शाखा अन्तर्गत सिद्धार्थ क्याम्पसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नको लागि प्रदेश `क´ भित्रका ६० सामुदायिक विद्यालयहरुलाइ नेपाल शिक्षक संगठन वाणगंगा कमिटिको समन्वयमा सामग्री बितरण गरिएको हो ।
`सेवाही परमोधर्म´ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै इन्सुरेन्सले प्रत्येक वर्ष देशका विभिन्न स्थानहरूमा यस्तै सेवामुखी कार्यक्रम गर्दै आएको र अहिले कपिलवस्तुमा समय सापेक्ष रुपमा स्वास्थ्य सामग्री अन्तर्गत मास्क, स्यानेटाइजर, हर्पिक, साबुन लगायतका सामग्रीहरु वितरण गरेको जितपुर शाखा प्रमुख जनक प्रसाद बेल्बासेले बताउनुभयो । बिगतका बर्षहरुमा देशका अधिकांस बालगृहहरुमा खाद्यान्न तथा लत्ताकपडा, निशुल्क स्वास्थ्य परिक्षण, मोतिया बिन्दुको निशुल्क शल्यक्रिया, सार्वजनिक स्थलमा निशुल्क खानेपानी बितरण लगायतका कार्यहरु गर्दै आएको छ ।                                                     

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिष्णु पन्थिले नेको एक नाफामुलक सस्था भएता पनि सामाजिक सेवामा समेत आफ्नो स्थान अग्र पंक्तिमा राख्न सफल भएको बताउनु भयो । उहाँले यस्ता कार्यमा निरन्तरता दिदै आइरहेको र कपिलवस्तुमा समेत प्राथमिकताका साथ सहकार्य गर्न पाएकोमा कम्पनिलाइ धन्यवाद दिनुभयो ।
यस्तै कम्पनिका सहायक महाप्रबन्धक रमेश बहादुर थापाले हरेक सेवामा नेको इन्सुरेन्स एक कदम अगाडी रहेको बताउदै बिमा सम्बन्धि सम्पुर्ण सेवाहरु नेको इन्सुरेन्सबाटै लिएमा थप सहजता हुने हुनाले सबैलाई सेवा लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले कोभिड महामारिको यस्तो समयमा सामुदायिक विद्यालयहरुलाइ स्वास्थ सामग्री वितरण गरि मलम लगाउने उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिनुभयो । उहाँले यस्ता कार्यले हरेक क्षेत्रमा सकारात्मक सन्देश दिने बताउँदै संस्थाको सराहनीय कार्यलाई प्रशंसा गर्नुभयो ।                                   
नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर अध्यक्ष धनबहादुर गाहाको अध्यक्षता रहेको कार्यक्रममा नेको इन्सुरेन्स जितपुर शाखाका प्रमुख जनक प्रसाद बेल्बासे, बुटवल शाखा प्रमुख गोपिलाल पौडेल, नेपाल शिक्षक संघ वाणगंगा अध्यक्ष कुलराज पौडेल, शिक्षा शाखा अधिकृत खिमबहादुर जिसि, सामुदायिक बिद्यालयका प्र. अ. तथा शिक्षकहरु, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रममा शिक्षक बलराम पाण्डेको स्वागत मन्तव्यका साथै सरस्वती गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।