ए डिभिजन लिग खेलिरहेका खेलाडीलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
5Shares

काठमाडौं

सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थप २० खेलाडीलाई कोरोना संक्रमण भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार च्यासल फुटबल क्लबका थप १९ र मछिन्द्रका एक खेलाडीमा कोरोना संक्रमण भएको हो।

लिग निर्देशक सञ्जीव मिश्रका अनुसार च्यासलका १९ खेलाडीमा संक्रमण पुष्टी भएपछि आइतबार तय भएको च्यासल र विभागीय टोली नेपाल पुलिस क्लबबीचको खेल स्थगित गरिएको छ।

‘१९ खेलाडीमा संक्रमण पुष्टि भएपछि खेल स्थगित गरिएको हो। अब खेल कहिले हुन्छ बैठक बसेर टुँगो लगाइन्छ,’ लिग निर्देशक मिश्रले  भने।

उनका अनुसार आजको एक खेल रोकिएपनि अन्य खेलहरू भने पूर्व निर्धारित मितिमै हुनेछ। नवौं चरणअन्तर्गत भोली सोमबार न्यूरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबबीच खेल हुने तालिका छ।

‘फिफाको अन्तर्राष्ट्रिय ब्रेक तथा मोफसलका प्रतियोगिताका लागि नवौं चरणपछि एक महिना लिगलाई आराम दिइने तय थियो। लिग एक महिनाका लागि ब्रेक भएकाले हामीलाई यो खेलको लागि मिति निकाल्न खास समस्या छैन। तर, बाँकी खेल नियमित हुन्छ,’ उनले भने।

यसअघि नवौं चरणका खेल सुरू हुनुपूर्व च्यासलका च्यासलका २ जना खेलाडीलाई कोरोना संक्रमण भएको थियो।

च्यासल आठौं चरणअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पोखरा गएको थियो। उक्त खेल खेलेर फर्किएपश्चात २ जना खेलाडीमा संक्रमण देखिएको हो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।