शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्र विजयी

सेयर गर्नुहोस्
3Shares

रासस

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो। मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे।

ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन्। खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे। उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए। त्यस्तै खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ८४औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए। उनले विमलको पासमा गोल गरेका थिए।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए। जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अङ्क पुगेको छ। मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अङ्कले पछि पारेको छ। मनाङको १९ अङ्क छ। ब्रिगेड ब्वाइज अङ्क तालिकाको १२औँ स्थानमा छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।