‘ए’ डिभिजन लिगमा एपीएफले हिमालयन शेर्पालाई हरायो

सेयर गर्नुहोस्
30Shares

काठमाण्डाै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा एपीएफले हिमालयन शेर्पालाई १–० गोलले हराएको हो ।

एपीएफका आभाष लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै एपीएफले ९ खेलमा १० अङ्क जोडेको छ । एपीएफ अङ्कतालिकाको आठौँ स्थानमा छ । समान खेलमा हिमालयन शेर्पाको ११ अङ्क छ । हिमालयन शेर्पा छैटाैँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।