काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक

lockdown
lockdown
सेयर गर्नुहोस्
41Shares

काठमाडौं ।

कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् । पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउनेबारे तालिका बनाउने आदेश पनि भएको छ ।

कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।