थ्रीस्टारको तेस्रो जित, शेर्पालाई हराउँदै उक्लियो पाँचौ स्थानमा

सेयर गर्नुहोस्
31Shares

काठमाडौं

थ्रीस्टार क्लबले सिजनको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ।

आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २-० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थ्रीस्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। थ्रीस्टारका लागि पहिलो गोल ऋतिककुमार खड्काले खेलको ५६ मिनेटमा गोल गरे।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अन्शुमाना क्रोमाहले दोस्रो गोल गरे। लकेश लिम्बूले मिलाएको पासमा उनले उत्कृष्ट फिनिसिङ गरेका थिए।

जितसँगै थ्रीस्टार अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। थ्रीस्टारले ८ खेलबाट १३ अंक जोडेको छ। छैटौं स्थानमा झरेको शेर्पाको समान खेलबाट ११ अंक छ। लिगमा सोमबार आठौं चरणको अन्तिम खेल हुँदैछ। अन्तिम खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ।

आठौं चरणसम्ममा साविक विजेता मछिन्द्र फुटबल क्लब २० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको समान १४-१४ अंक छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।