समान उमेरका सबै बालबालिकामा यस्तो उत्कृष्ट कला हुँदैन : बसन्ता भुसाल

सेयर गर्नुहोस्
185Shares
बसन्ता भुसाल
तपाई पनि अचम्म हुनुहुन्छ होला सायद कसैलाई टिकटक पैसा कमाउने थलो बन्यो होला कसैलाई समय बिताउने त कसैलाई दु:ख सुख देखाउने थलो बने होला जसलाई जे लागे पनि टिकटक शब्द धेरै नै भाइरल भैसकेको छ ।
सामाजिक संजालमा धेरै जसो टिकटिक देखिन्छन । हुन त यो कुनै नौलो कुरा हैन ! तर मैले देखे अनुसार धेरै व्यक्ति टिकटकमै रमाइरहेका छन् । चाहे कलिलो उमेरका बालबालिका होस् या त पाका उमेरका बुवाआमा !
म पनि एसो खाली भएको समयमा टिकटक हेर्छु कहिले साना उमेरका  त कहिले वृद्धवृदा भएका बुवाआमा  टिकटकमा रमाइरहेको देख्छु । अझ यति मात्रै कहाँ होर कतै राम्रो देखिन्छ त कतै लाइक कमेन्ट अनि भ्युजकै लागि नराम्रा खालका भिडियो पनि राख्ने गर्छन् । बालबालिकाको हातमा मोबाईल हुन्छ त्यो देखासिकी उनिहरु पनि गर्न थाल्छन् । अनि पढाइमा ध्यान कसरी पो पुगोस् ।
सूचना प्रविधि क्षेत्रको समय सापेक्ष अत्यावश्यक सामग्री नै मनिन सक्छ टिकटक ! यसले सबै उमेरका व्यक्तिलाई  क्रियाशील बन्ने प्रेरणा जगाउन सक्ला । तर, टिकटकमा राखिने सबै सामग्री सबै क्षेत्रका, सबैको लागि समान रूपमै उपयोगी नहुन पनि सक्छ्न ।
मैले धेरै बालबालिका देखेकी पनि छु यसो कतै मोबाइल भेट्यो कि टिकटक हेर्न सुरु गरिहाल्ने मेरो घरमा पनि बहिनीहरु टिकटकमा नै भिडेका हुन्छन् । उनिहरुलाई न त विद्यालयमा दिएको गृहकार्यको चासो हुन्छ न त कुनै कामको नै बस टिकटक हेर्ने बनाउनेमा बढी ध्यान पुगेको देख्छु ।
समाज सुधार, सद्भाव, विकृति र विसंगति विरुद्धका सामग्री, मन छुने धार्मिक प्रस्तुति, अनि हास्यव्यंग्यमा आधारित सामग्री सबैको निम्ति उतिकै लाभादायक हुन्छन् ।    टिकटक बनाउने क्रममा नै कतिपयले त ज्यान गुमाएको समाचार पनि आए तर अझै पनि भाइरल हुने नाममा सचेत हुन सकेको त्यति देखिएन पनि ।
अहिले त टिकटकबाटै पैसा कमाइन्छ भन्दै लाइभ बस्दै कहिले निद्रा मासेर कहिले भोक खटाएर बसीबसी पैसा आउँछ कति सजिलो भएको होला साँच्चै फेरि सबैले पैसा कमाएका छन भन्ने पनि छैन । फलो धेरै गराउछु भन्दा भन्दै कतिपयले त पैसा फालिरहेका हुन्छ्न यो देख्दा मलाई कता कता अचम्म पनि लाग्छ ! बल्लतल्ल दु:ख गरेर कमाएको पैसा अनावश्यक खेर फालेको देख्दा कता कता खल्लो महसुस हुन्छ  ।
लाईभ बसेर ल “ए” ले “ए”लाई “बी”ले “बी”लाई फलो गर्नुस् भनेको देखेर आफै हाँसो पनि लाग्छ । सबैतिर सरकारको ध्यान जाने तर यो टिकटकमा नराम्रा प्रस्तुति देखाउने तर्फ सरकारको ध्यान नजाने यो पनि हुन्छ होला र आफै सोच्छु आफै हास्छु !
 सुसंस्कृत सामाजिक वातावरण, जीवनस्तर, मानवीय व्यवहार र आचरण र पारिवारिक सद्भाव र माया मोह जस्ता जीवन उपयोगी विषयवस्तुको सकारात्मक पक्षलाई समेटेर तयार पारिने टिकटक महत्वपूर्ण मानिन्छ ।
टिकटक प्रस्तोताको रोल पाँच-सात वर्षकै अवोध बालबालिकालाई प्रदान गर्न अभिभावक नै अग्रसर बन्ने क्रम बढ्दै आएको छ । अझ भनौ लकडाउनको समयमा टिकटक बनाउनेको संख्या धेरै बढ्दै गयो । हामीले पनि समय बिताउन त्यसैमा भुल्यौ ।
कतिपय बालबालिकाबाट हुने प्रस्तुति पनि रोमाञ्चक र आश्चर्यजनक नभएको भने होइन ।  तर, चार-पाँच वर्षकै बालबालिकालाई  हलुका ढंगले प्रेमको सन्दर्भ के हो भन्ने कुरा नै नबुझेका अवोध बालबालिकालाई मिलन र विछोड तथा प्रेम वियोगबाट उत्पन्न हुने प्रस्तुति सिकाउने अभिभावक भने सचेत हुनसक्नुपर्छ जस्तो लाग्छ मेरो बिचारमा !
कतिपय टिकटक भिडियोहरु आफ्ना परिवारका सबै नातेदारसँगै बसेर हेर्न नसक्ने छाडा प्रवृत्तिको हुन्छन । अझै कलिला बालबालिकाबाट प्रदर्शित गरिने यस्तो अश्लील प्रस्तुति बालबालिकाबाट गराउनु राम्रो पनि मानिँदैन ।
टिकटकमा भाइरल बन्नकै लागि सीमा बाहिरको अशोभनीय सामग्री प्रस्तुत गर्नु अपराधलाई सरह हो भन्ने कुराप्रति सबै अभिभावकको ध्यान गएको देखिँदैन । भाइरल बनाउने उद्देश्यमा उत्ताउलो प्रस्तुति उनै प्रस्तोता बालबालिकाकै निम्ति घातक बन्न सक्नेतर्फ न त अभिभावक नै सचेत देखिन्छन् ।
समान उमेरका सबै बालबालिकामा यस्तो उत्कृष्ट कला हुँदैन । प्रस्तुतिमा अवस्था अनुसारको क्षमता, मृदुभाषी र मिठासिलोपन, निर्णायक क्षमतामा अभिवृद्धि तथा बालप्रतिभा प्रदर्शित हुन्छ । जसलाई नकारात्मक भन्न मिल्दैन । तर, टिकटकमा भाइरल बन्न शोभनीय विषयवस्तु नै महत्वपूर्ण हुन्छन् भन्ने कुरा बिर्सनुहुँदैन ।
भाइरल बन्नु आफैंमा नराम्रो होइन, तर सानै उमेरबाट बालबालिकाको ध्यान पढाइ तर्फ हैन उहीँ भाइरल हुनतर्फ लाग्दा भविस्यमा चुनौती थपिन पुग्न सक्ला पनि ! जस्तै हामीहरु कुनै मिडियामा आवद्ध छौ भने हामीहरुलाई पनि अन्य क्षेत्रमा प्रवेश गर्नै मन लाग्दैन । बालबालिकाको ध्यान पनि यस्तै हुन सक्छ ।
टिकटक प्रस्तुतिको विषय कुनै समस्यामूलक, कुनै उत्तेजनामूलक, कुनै उच्छृंखल कुनै प्रेम वियोग तथा कुनै नैरास्यतामा आधारित हुने भएकाले त्यस्तो प्रस्तुतिले दर्शक बालबालिकालाई नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले पनि टिकटकमा बिछोडको सट्टा मिलन, मर्यादित व्यवहार, माया ममता, पारस्परिक सद्भाव र शिष्टता, बाल शिक्षामा आधारित विषयवस्तुलाई महत्व दिने हो भने त्यो ज्ञान अभिवृद्धिकै साधन बन्न सक्ला ।
यो भनिरहदा कसैले टिकटकमा पैसा कमाएको देखेर यो लेख आएहोला भन्नुहोला कसैले आफैले पनि त रमाईलो गर्दा हुन्थ्यो भन्नुहोला तर मैले भोगे अनुरुप भविस्यमा केही बालबालिकालाई त टिकटकले राम्रै फाइदा पनि पुर्याउला । केहीमा पनि धेरैलाई भने टिकटक लत जस्तै मात्र हुन पुग्ला जसले गर्दा न पढाई न त काम पनि हुन सक्छ । त्यसैले सबै अभिभावक समयमै सचेत हुन जरुरी हुन्छ ।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।